भारत-चीन सीमामा चीनकाे सेल्टर

0
204

भारत,

भारत–चीन सीमामा हाल फेरि एकपल्ट ठूलो हलचल उत्पन्न भएको छ। गुप्त रिपोर्टहरूका अनुसार यस अवधिमा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारत र चीनबीचको स्थिति सन् २०२० भन्दा बढी तनावपूर्ण हुने भएको छ। उक्त तनावको कारण स्पष्ट छ, यसपटक चीनले लद्दाख क्षेत्रमा गलवानभन्दा ठूलो षड्यन्त्र गर्न खोजिरहेको छ। स्थिति कस्तो छ भने चिनियाँ सेनाले एलएसीको धेरै विवादित क्षेत्रमा सेल्टर निर्माण गरेका छन् र त्यसमा डटिरहेका छन्। अब चिनियाँ सैनिकले भारतीय सेनामाथि दबाब दिनका लागि एकजुट भइरहेका छन्।

चीनले यस पटक सबैभन्दा बढी अतिक्रमण उत्तरी लद्दाख क्षेत्रमा गरेको छ, यहाँको देपसाङ क्षेत्रमा चिनियाँ सैनिकले २०० भन्दा अधिक सेल्टर बनाएका छन्। चिनियाँ सैनिकहरू अहिले यी सेल्टरहरूमा खडा छन्। अब चिनियाँ सेना कुनै पनि हालतमा यी क्षेत्रबाट पछि हट्न चाहँदैनन्, जबकि जुन ठाउँहरूमा सेल्टरहरू बनेका छन्, तीमध्ये धेरै ठाउँ विवादित क्षेत्रका अंश हुन्। यसअघि पनि भारतीय सैनिकले ती क्षेत्रमा गस्ती गर्दै आएका थिए। तर अहिले चिनियाँ सैनिकको उपस्थितिका कारण भारतीय सेना ती क्षेत्रमा गस्ती गर्न जान सकेका छैनन्। जसका कारण दुई सेनाबीच तनाव बढ्दै गइरहेको छ।

चिनियाँ सेनाले २०२० मा लद्दाखका ५ वटा क्षेत्रमा अतिक्रमण गरेको थियो, जहाँबाट उनीहरू फर्किसकेका छन्, तर देप्साङ र दमचोकमा पहिलेकै अतिक्रमण कायमै छ। देप्साङमा चिनियाँ सैनिकको उपस्थितिका कारण भारतीय सेनाले परम्परागत गस्ती केन्द्र (पीपी) १०, ११, १२, १३, १४ माथि जान सकिरहेका छैनन्। वरिष्ठ कमाण्डर तहको वार्तामा भारतले देप्साङ र दमचोकमा आपत्ति जनाउँदै आएको छ। देप्साङमा नयाँ सेल्टरको निर्माणबाट चिनियाँ जनमुक्ति सेनाको निकट भविष्यमा त्यहाँबाट हट्ने कुनै उद्देश्य नरहेको स्पष्ट हुन्छ ।

यो क्षेत्र भारतका लागि रणनीतिक दृष्टिले धेरै महत्वपूर्ण छ। यसले चीनको कब्जामा रहेको अक्साई चीनलाई पाकिस्तान अधिकृत कश्मीरसँग जोड्छ। यहाँबाट चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ परियोजनाअन्तर्गत राजमार्ग निर्माणको काम गरिरहेको छ।

उत्तरी कमाण्डका पूर्व कमाण्डर सेवानिवृत्त लेफ्टिनेन्ट जनरल डीएस हुड्डाले बताएअनुसार देप्साङमा चिनियाँ सेनाको यो कदमको तत्कालिक अर्थ के हो भने यो क्षेत्रबाट चिनियाँ सेना पछि हट्न तयार छैन। यो कब्जालाई चीन स्थायी बनाउन चाहन्छ र भारतीय सेनाको गस्तीलाई रोकेर भारतको दाबीलाई कमजोर पार्न कटिबद्ध छ। यो क्षेत्र उचाइमा भए पनि धेरै समतल छ। नजिकैको डीबीओमा भारतको एयरस्ट्रिप रहेको पनि तिनले बताएका छन्।

ट्याङ्कहरू समतल भूभागमा सफलतापूर्वक सञ्चालन गर्न सक्छन्। देप्साङ लद्दाखको एक मात्र क्षेत्र हो, जहाँबाट काराकोरम रेन्ज सुरु हुन्छ। यसको अर्को छेउमा नुब्रा र श्योक उपत्यका छन्। पाकिस्तानबाट चीनलाई उपहार दिएको शाक्सगाम उपत्यका पनि छेउमा छ। त्यसैले यो क्षेत्रले भारतका लागि रणनीतिक महत्व बोकेको छ।

सेप्टेम्बर महिनामा उज्बेकिस्तानमा शिखर सम्मेलन सुरु हुनुभन्दा पहिला भारत र चीनबीच धेरैवटा विवादित मुद्दाहरूमा आफअनो-आफ्नो सेनालाई पछि हटाउने विषयलाई लिएर वार्ता भएको थियो। यसपछि दुवै देशका सेनारूले आफ्ना सैनिकहरूलाई उक्त क्षेत्रहरूबाट हटाउन सुरु पनि गरेका थिए। तर चीनले केवल औपचारिकता मात्र पूरा गरेको बताइएको छ। विवादित क्षेत्रहरूबाट हट्नुको सट्टा चीनले अब त्यहाँ नै आफ्नो सेल्टर निर्माण गरिरहेको छ। चीनको यस हरकतबाट नै चीनको उद्देश्य पत्तो लगाउन सकिन्छ। चीन अब उक्त क्षेत्रहरूमा कब्जा गर्न चाहन्छ। एक प्रकारले हेर्दा चीनले अब सोझै भारतलाई युद्धका लागि चुनैति दिन खोजिरहेको छ। यदि चीनको उद्देश्य युद्ध गर्ने नभएको भए चीनले विवादित क्षेत्रमा हलचल बढाउने थिएन।

आज सबैभन्दा ठूलो लोकतन्त्र भएको र बलियो नेतृत्व भएका कारण विश्वभरिमा भारतको प्रतिष्ठा बढेको छ । भारत विश्वको पाँचौं ठूलो अर्थतन्त्र बनेको । भारतले पनि ५ जी सेवा सुरु गरेको छ। भारतको यो प्रगति चीनको आँखामा खट्किएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here