झापा, संघीय सरकारको सहयोगमा बाह्रदशी गाउँपालिकाको प्रशासकीय भवन निर्माण शुरु गरिएको छ ।
संघीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशतको लागतमा भवन निर्माण शुरु गरिएको हो । छ करोड १३ लाख ६१ हजार ८२ रुपैयाँ को लागतमा निर्माण शुरु गरिएको भवनकाो शिलन्यास गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लगाईले गर्नुभयो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय–योजना तथा अनुगमन शाखाको ६० प्रतिशत र बाह्रदशी गाँउपालिकाको ४० प्रतिशत लागतमा दुई वर्ष भित्र भवन निर्माण सम्पन्न गरिने प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले जानकारी दिनुभयो । भगवती ÷ नेपाल पूर्वाधार जे.भी. कम्पनीले भवन निर्माणको ठेक्का लिएको छ ।
बाह्रदशी गाउँपालिका स्थित वडा नम्वर ४ मा रहेको कृषि तथा पशु सेवा शाखा नजिकै भवन निर्माण शुरु गरिएको छ ।
भवन शिलन्यास कार्यक्रममा गाउँपालिकाका योजना शाखा प्रमुख तेज प्रसाद रेग्मी, इन्जिनियर नारायण खरेल, वडाध्यक्षहरु, बीरबहादुर सिंह राजवंशी, महताव आलम, टंकप्रसाद साह, भीम बाहुदर कार्की, टेक बहादुर सिंह राजवंशी, स्वस्थ्य शाखा प्रमुख राम कुमार साह, शिक्षा शाखा प्रमुख ज्ञान बाहादुर पौड्याल, जिन्सी शाखा प्रमुख मिन बहादुर कार्की(राजन), आयोर्वेद शाखा प्रमुख जटाशंखर झा, कार्यपालिका सदस्यहरु पञ्चानन् राजवंशी, मानबाहादुर राजवंशी लगायतको सहभागीता रहेको थियो ।
१२३ फुट लम्बाई र ४० फुट चौडाईमा निर्माण गरिने भवन तीन तल्ले रहने छ भने कोठाहरु ४० वटा रहने भगवती ÷ नेपाल पूर्वाधार जे.भी का सञ्चालक टेक बहादुर श्रेष्ठले बताउनुभयो ।




























