सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

0
242

बिराटनगर ।

झापा र मोरङको छुट्टा–छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

झापाको बाह्रदशी गाउँपालिका–३ स्थित चारपाने–राजगढ सडक खण्डमा प्रदेश १–०१–००१ त ८९०७ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका ट्याक्टरका चालक बाह्रदशी–३ का २२ बर्षीय लखिराम सतारलाई उपचारार्थ प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए ।

त्यस्तै मोरङको लेटाङ नगरपालिका–९ मा रहेको तेली खोलाको निर्माणाधिन पुलमा को १ख ४०७७ नम्वरको मिक्सचर मेसिनले सूर्य एण्ड सन्स कन्ट्राक्सन कम्पनीमा कार्यरत ओभरसियर लहान नगरपालिका–१४ सिरहाका २४ बर्षीय सुनिल साहलाई ठक्कर दिँदा उनको घटना स्थलमा नै मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न रहेका चालक शम्भु राजधामीलाई इलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here