मुुटुरोगी बालिकाको उपचारका लागि सहयोगको अपिल

0
122

भद्रपुर ।

बाह्रदशी गाउँपालिका–२ की ५ वर्षीया बालिका मनिषा बुढाथोकी यतिबेला मुटु सम्बन्धी रोगले पीडित बनेकी छन् ।
मुटुमा गम्भीर समस्या देखिएपछि बालिका मनिषाको काठमाडौंस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचार भइरहेको छ । आर्थिक अभावका कारण मनिषाको उपचार गर्न समस्या भइरहेको बुवा प्रेमबहादुर बुढाथोकीले बताए ।

‘झापा र विराटनगर अस्पतालहरुमा देखाएँ, उपचार हुन सम्भव भएन’ –उनले भने– ‘मुटुमा प्वाल रहेको थाह पाएपछि डाक्टरको सल्लाह अनुसार शहीद गंगालाल हृदय रोग केन्द्रमा उपचार गराइरहेको छु ।’ आफ्नो आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा समस्या परेको उनको भनाइ छ ।

हालसम्म उपचारका क्रममा ५० हजार रुपैयाँ खर्च भएको उनले बताए । उपचारका लागि करिब दुई लाख ५० हजार रुपैयाँ लाग्ने उपचारमा संलग्न चिकित्सकले जनाएको उनले बताए ।

‘अस्पतालमा बेड खाली नभएरका पुस ४ गते भर्ना गर्ने र पुस ६ गते शल्यक्रिया गर्ने तयारी भइरहेको छ’ –उनले भने– ‘त्यतिबेलासम्म कोठैमा राखेर उपचार गरिरहेका छौं, आर्थिक अवस्था कमजोर भएकाले मनकारीहरुबाट सहयोग पाउने अपेक्षा गरेका छौं ।’ आर्थिक अवस्था नाजुक भएकाले नै बाध्य भएर आफूले सहयोगको अपिल गरेको उनको भनाइ छ ।

बालिकाको उपचारका लािग सहयोग गर्न इच्छुकहरुले प्रेमबहादुर बुढाथोकीको प्राइम बैंकमा रहेको बैंक खाता नं. १०००००५४ पठाउन वा मोबाइल नम्बर ९८१६९२३९९१ मा सम्पर्क गर्न सकिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here