विराटनगर बास्केटबलको उपाधि बिकेभिएम र अरनिको स्कुललाई

२४ मंसिर २०७९, शनिबार मा प्रकाशित

सुन्दरहरैँचा, 

विराटनगरमा भएको विद्यालयस्तरीय तेस्रो संस्करणको बास्केटबल कप प्रतियोगिताको फाइनल खेलमा बिकेभिएम र अरनिको स्कुलले उपाधि हात पारेका छन् ।

विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा पुरुष र महिलातर्फको फाइनल खेल कोबास कलेजको बास्केटबल कोर्टमा भएको थियो । फाइनल खेलमा पुरुषतर्फ सगरमाथा स्कुललाई ३७–२८ अङ्कले पराजित गर्दै बिकेभिएम स्कुल विजयी भएको छ ।

त्यसैगरी महिलातर्फको फाइनल खेलमा पोखरीया स्कुललाई २–४ अङ्कले पराजित गर्दै अरनिको स्कुल विजयी भएको थियो । पुरूष र महिलातर्फको खेलमा क्रमशः बिकेभिएम स्कुलका गुनानन्द यादव र अरनिको स्कुलका उत्कृष्ट खेलाडी घोषित भएकालाई ट्रफी वितरण गरिएको थियो ।

विद्यालयस्तरीय तेस्रो विराटनगर बास्केटबल प्रतियोगितामा महिला र पुरुष गरी आठ टिमको सहभागिता रहेको कार्यक्रम संयोजक मुकेश यादवले जानकारी दिनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here