मोरङको बेलबारी -२ मा हात्तीले घर भत्कायो

0
272

छविराज ढकाल/ पथरीशनिश्चरे,

मोरङको बेलबारी -२ दुलाल टोल छेउमा हात्तीको बथानले एउटा घर भत्काएर क्षति पुर्याएको छ ।

शुक्रबार मध्यरातमा स्थानीय यज्ञबहादुर खडकाको घर हात्तीको बथान आएर भत्काईदिएको हो । पछिल्लो समय मोरङको बेलबारी,सुन्दरहरैचा ,केराबारी , लेटाङ, मिक्लाजुङ लगायतका क्षेत्रमा हात्तीले लगातार क्षति पुर्याउदै आएको छ ।

गत १३ गते मंगलबार मात्रै सुन्दरहरैँचा- १० , त्रिवेणीचोकदेखि उत्तर तर्फको जंगलमा घाँस काट्न गएका ७५ वर्षीय बृद्ध जयप्रसाद वास्तोलाको हात्तीको आक्रमणमा परेर ज्यान गएको थियो।
दिनहुँजसो हात्तीको बथान वस्तीमा छिर्ने र स्थानीय बासिन्दाको अन्न बाली नष्ट गर्नुका साथै घरहरुमा समेत क्षति पुर्याईरहेको छ ।

सो क्षेत्रका स्थानीय बासिन्दा भने हात्ती धपाउन प्रशासनको गुहार मागिरहेका छन् । उनीहरुले प्रशासनले हात्ती नियन्त्रणका लागि ध्यान नदिएको भन्दै गुनासो पनि गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here