हल्दिबारीमा हात्तीको आक्रमणबाट चार जना घाइते

0
226

झापा।

हल्दिबारी गाउँपालिका–४ को कालीमन्दिर टोलमा शनिबार राती आएको जङ्गली हात्तीको आक्रमणबाट चार जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा गौरादेवी पौडेल,नगेन्द्र पौडेल ,पार्वता देवी पौडेल र चेतन पौडेल घाइते भएका जलथल प्रहरी चौकीले जनाएको छ। घाइतेहरुको मेची प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

स्थानीय जय प्रकाश दाहालको करिब एक बिगाहाको धान पुर्ण रूपमा क्षति पु¥याउनुका साथै विजय लावतीको थ्रेसर लगाएको धान करिब ६ मन  खाएर छरछार गरेको स्थानीय प्रलाद सिलवालले जानकारी दिएका छन् ।

त्यसैगरी हात्तीले धन बहादुर गहतराजको अटोमा समेत हात्तीले क्षति पुर्याएको छ । हात्ती गाउँमा पस्ने देखेर गाउँलेले प्रहरीको सहायतामा हात्ती नियन्त्रण गर्ने र बस्तीको संरक्षण गर्ने क्रममा हात्तीले लखेटेर भागदौड भएको थियो ।

उक्त क्षेत्रमा दिनहुँ जसो हात्ती आउन थालेपनि स्थानीय त्रसित बन्न थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here