पथरी बहुमुखी क्याम्पसमा बढाइएको शुल्क घटाउन माग गर्दै विद्यार्थी संगठन आन्दोलनमा

0
185

पथरीशनिश्चरे,

पथरी बहुमुखी क्याम्पस, क्याम्पस प्रशासन र सन्चालक समितिले मनोमानी तवरले बार्षिक शुल्क बृद्धि गरेको भन्दै विद्यार्थी संगठनहरु आन्दोलित भएका छन्।

क्याम्पस प्रशासनलाई ३ दिन भित्र बृद्धि भएको शुल्क फिर्ता लिन माग गर्दै विद्यार्थी संगठनका प्रतिनिधिहरूले एउटा ज्ञापन पत्र बुझाएका हुन्। उनीहरुले शुल्क बृद्धि सम्वन्धि कुनै पनि विद्यार्थी संघ संस्थाका प्रतिनिधिहरूलाई जानकारी नै नदिई क्याम्पस प्रशासनले मनोमानी ढंगले बार्षिक शुल्क बढाएको भनाई छ।

हाल स्नातक तह अध्ययनरत् विद्यार्थीलाई वार्षिक शुल्क वापत १८ हजार रुपैयाँ लिँदै आएकोमा ६ हजार ५ सय बृद्धि गरी बार्षिक शुल्क २४ हजार ५ सय पुर्याएका कारण शुल्क वृद्धि तत्काल फिर्ताको माग गर्दै आन्दोलनमा उत्रिएको आज नेकपा एकीकृत समाजवादी पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू ) पथरी क्याम्पसका अध्यक्ष प्रकाश शिवाले बताएका छन्।

अनेरास्ववियूका प्रतिनिधिहरूले आज आइतबार क्याम्पस प्रमुख शान्तिराम तिम्सिनाको कार्यकक्षमा माग सहितको पत्र बुझाएका हुन् भने तिन दिन अघि शुक्रवार नै नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका प्रतिनिधिहरुले ३ दिने अल्टिमेटम सहित माग पत्र नेविसंघ पथरीका केशर थुलुङ राईले बुझाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here