उमानाथ भण्डारी
कमल ।

नेकमा एमालेका स्थाई कमिटी सदस्य तथा झापा क्षेत्र नम्वर ५ (१)का प्रदेश सभा सदस्य हिक्मत कुमार कार्कीले देशको अर्थतन्त्र चुनौति पूर्णका साथै समस्या ग्रस्त अबस्थामा रहेकोले सहकारीका सञ्चालकले यसलाई सहिढंगले परिचालन गर्न नसके ठुलो दुर्घटना हुन सक्ने बताउनु भएको छ ।
कमल गाउँपालिका ३ केर्खामा रहेको नवोदय बहुउद्देश्यीय सहकारी सस्थाको २४ औं वार्षिक साधारण सभामा बोल्दै कार्कीले पछिल्लो समय सहकारीका सञ्चालकहरुले अनुत्पादक क्षेत्रमा लगानी गरेका कारण पनि अहिले सहकारी सस्थामा समस्या आएको हो बताउनुभयो ।
पछिल्लो समय सहकारी क्षेत्र मात्र नभएर वित्तिय क्षेत्र नै संकटमा परेको भन्दै अहिले सस्था संग लगानी गर्ने पर्याप्त पुँजी नभएको समयमा सदस्यहरुले आफुले लगेको कर्जा समयमै भुत्तानि गरेर संकटबाट सस्थालाई बचाउने बेला आएको राष्ट्रिय सहकारी बैंक दमक शाखा प्रमुख रुपा थापाले बताउनुभयो ।

कमल गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष अग्नि प्रसाद कोईराला, पूर्व नेपाल बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष प्रेम सापकोटा ,झापा जिल्ला सहकारी संघ लेखा समिति संयोजक चुडामणी ओझाल गायतले साधारण सभा सफलताको शुभकामनाका साथै नवनिर्वाचित समितिलाई कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
२०५५ सालमा स्थापना २७ जना सदस्य बाट १३ हजार ५ सय रुपैया बाट सुरुगरेको सहकारीमा आज सदस्य संख्या १७ हजार ६६६ जना पुगेको छ भने शेयर पुँजी १३ करोड ४६ लाख ४ हजार ४०० पुगेको छ । त्यस्तै सस्थाको वाह््य ऋण २७ करोड ७४ लाख ४६ हजार ७३६ रुपैया रहेको छ भने विभिन्न कोषमा १२ करोड ६४ लाख ५६ हजार ८७८ रुपैया रहेको छ भने खुद नाफा २ करोड १० लाख ८३ हजार ५७० रुपैया रहेको अध्यक्ष शरणकुमार पराजुलीले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सस्थाले साधारणमा दिर्घ सेवा पदक बाट उमेश पोख्रेल, कल्पना अधिकारी र हरिमाया दाहाल पुरस्कृत हुनुभएको थियो । त्यस्तै उत्कृष्ट सेवा केन्द्र अन्तर्गत शिवगंज सेवा केन्द्र तथा उत्कृष्ट केन्द्र , उत्कृष्ट बचत , उत्कृष्ट ऋणी, उत्कृष्ट बचत कर्ता ,लगायत तिन दर्जन भन्दा बढी सदस्यलाई पुरस्कृत र सम्मान गरेको सस्थाका व्यवस्थापक फणिन्द्र बहादुर कार्किले जानकारी दिनुभयो । साधारण सभाका अवसमा आयोजना गरेको रक्तदान कार्यक्रमा ५० जनाले रगतदान गर्नु भएको थियो ।

अध्यक्षमा पुन पराजुली निर्वाचित
सस्थाको २४ औं वार्षिक साधारण सभा बाट आगामी ४ बर्षे कार्यकालकालागी अध्यक्षमा पुन शरण कुमार पराजुली निर्वाचित हुनु भएको छ ।
त्यस्तै समितीको वरिष्ठ उपाध्यक्षमा बलराक गजुरेल,उपाध्यक्ष उमानाथ भण्डारी, सदस्य पुष्प प्रसाद बाँस्तोला, सुर्य प्रसाद दंगाल, खगेन्द्र बारकोटी, छविलाल पौडेल, सोमनाथ अधिकारी ,तिलरुपा सुवेदी दाहाल, लक्ष्मिकुमारी न्यौपाने, तारादेवी न्यौपाने, ममता गुरुङ्ग र ईन्दिरा गौतम निर्विरोध निर्वाचित हुनु भएको निर्वाचन समिती सदस्य हिम प्रसाद दाहाले जानकारी दिनु भयो ।
सस्थाको लेखा सुपरिवेक्षण समितीको संयोजकमा कुवेरधन अधिकारी तथा सदस्यमा महेन्द्र अर्जेल र हरिमाया खतिवडा समेत निर्विरोध निर्वाचित हुनु भएको निर्वाचन समिति सदस्य दाहालले बताउनु भयो ।
सहित १३ सदस्य सन्चालक समिति र कुवेरधन अधिकारीको संयोजकत्वमा ३ सदस्य लेखा सुपरिवेक्षण समिति समेत निर्विरोध निर्वाचिन हुन भएको निर्वाचन समितिका सदस्य हिम प्रसाद दाहाले जानकारी दिनु भयो ।





























