भारतीय सेनामा लगाई दिन्छु भनि ठगी गर्ने एक पक्राउ

0
216

पथरीशनिश्चरे,

भारतीय सेनामा लगाई दिन्छु भनि ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

सोमबार मोरङको पथरी शनिश्चरे न.पा. वडा नं. ०३ बस्ने ४२वर्ष नरेन्द्र पाख्रिन तामाङले भारतीय सेनामा लगाई दिन्छु भनि विभिन्न स्थानका युवाहरुलाई ठगी गरेको आरोपमा प्रहरीले पक्राऊ गरेको हो।

५ देखि ८ लाखसम्म ठगी गरेको भनि जाहेरी परेपछि अभियुक्त तामाङलाई ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो। निजलाई ठगी कसुरमा ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान कार्य जारी रहेको ईप्रका पथरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here