चीनले जिम्मा लिएका योजना अलपत्र

0
218

काठमाण्डौं ।

नेपालमा निर्माण ठेक्का लिएर आयोजना हरु त्यतिकै अलपत्र पार्दै चिनले नेपालको भौतिक पुर्वाधार निर्माणमा चरम लापरबाही गर्ने गरेको छ।चिनको जिम्मामा रहेर अलपत्र परेका आयोजना हरु बारे छलफल गर्न नेपाल सरकारले समेत कुनै चासो दिएको छैन भने चीन सरकार त यस बारेमा छलफल अगाडी बढाउने कुरामा सहमति नै दिइरहेको छैन, यसले नेपालमा चिनको रबैया कति डरलाग्दो अवस्था को छ भन्ने बुझ्न सकिन्छ।

करिब ३ बर्ष देखि चिनले आफैले गरिदिने गरि जिम्मा लिएका परियोजना बाट पन्छिने काम गरिरहेको छ।चिनको भरमा छाडिएका विभिन्न बिकासे आयोजना निर्माण तथा प्राकृतिक श्रोत उत्खननको सम्भाब्यता अध्ययन र निर्माणको काम बिचमै चिनको कारण अलपत्र छन ।

नेपाल सरकारको कमजोर पुर्ब तयारी र कुटनैतिक पहल पनि त्यस्को कारण बनेको छ।प्रतिबद्धता गरेका परियोजनामा समेत चीन उदासीन देखिएको छ।काठमाडौ -केरुङ्ग अन्तरदेशीय रेलमार्ग ,प्रसारण लाइन ,स्याब्रुबेसी – रसुवागढी सडक बिस्तार,काठमाडौको चक्रपथ बिस्तार जस्ता चिनले प्रतिबद्धता जनाएका आयोजना हरु अलपत्र छन।वेल्ड एन्ड रोड इनिसिएटिभ (वि आर आइ)अन्तर्गत अघि बढ्नु पर्ने अन्य आयोजना हरु पनि जस्ताको तस्तै छन।

कोशी – कर्णाली करिडोर, मदन भण्डारी प्राबिधिक शिक्षालय ,तमोर जलविद्युत आयोजना ,किमाथान्का -हिले सडक ,फुकोट जलविद्युत परियोजना ,दिपायल – चीन सडक जस्ता परियोजना द्विपक्षीय सहमति भएर पनि चिनले अलपत्र अबस्थामै छाडेको छ।चीन सङ्ग ऋण लिएर परियोजना अघि बढाउन नेपाल सरकारले चाहिरहेको छैन,तर चिन भने ऋण रकममै परियोजना सम्पन्न गर्न दबाब सिर्जना गर्ने गरिरहेको छ।चिनले द्विपक्षीय सहमती अनुसार बनाइरहेको रसुवाको सुक्खा बन्दरगाह निर्माणको काम अत्यन्तै सुस्त गतिमा छ,ठेकेदार र कामदार हरु बिना सुचना काम छाड्दै हिड्ने गरेका छन।

चिनले नेपालमा ऋण लगानी लाई नै बढी प्राथमिकता दिएको देखिन्छ। चिनले जिम्मा लिएको परियोजनालाई छिटो कार्यनयन गर्न नेपाल सरकारले पनि प्रयाप्त कुटनैतिक पहल लिन सकिरहेको छैन,नेपालको कमजोर उपस्थितिका कारण चिनले नेपाल लाई हेपाहा प्रबृत्ति देखाउने गरेको छ।चिनले अनुदानमा बनाइरहेका परियोजना हरु कार्यन्वयनमा चिनको बिश्वास गर्न नसकिने अवस्था आएको छ।चिनले नै अघि बढाउनु पर्ने गरि सहमति भै सकेका थुप्रै भौतिक परियोजनाहरु अहिले अन्योलमा छ।

चिनले नै प्रस्ताव गरेको र नेपालले पनि सहमति जनाएको काठमाडौ – केरुङ्ग अन्तरदेशीय रेलमार्गको बिस्तृत अध्ययन सक्ने जिम्मा लिएको चिनले अझै कुनै ठोस उपलब्धि निकाल्न सकेको छैन।जटिल भौगोलिक अवस्था भएको तर्क राख्दै चीन यो परियोजना ओगटेर मात्र राख्ने मनस्थितिमा छ,आफ्नै खर्चमा गर्न सकिने काममा चिनको भर पर्दा नेपालले घाटा ब्यहोर्नु परिरहेको छ।चिनले प्रयाप्त चासो नदिदा काठमाडौंमा चक्रपथ बिस्तारको कामले पनि निरन्तरता पाउन धेरै समय लाग्यो ,यो परियोजनामा पनि चीनिया पक्षको ठूलो लापरबाही रहेको छ।

चिनले अनुदान सहयोग गर्ने गरि जिम्मा लिएको स्याब्रुबेसी -रसुवागढी सडकको बिस्तार तथा स्तरनोन्तीको काम पनि चीनिया पक्षले अलपत्र पारेका छन साथै चिनले टोखा -छहरे -गुर्जु भञ्ज्याङ् र वेत्रावती -रसुवागढी सुरुङ्ग मार्गको काम पनि त्यतिकै अलपत्र छाडेको छ,चीनिया प्राबिधिक हरुको चरम लापरबाहीका कारण यो परियोजना पनि अगाडी बढ्न सकेको छैन।चीन जोड्ने ४०० केभिको रातोमोटे रसुवागढी -केरुङ्ग प्रसारण लाइनको बिस्तृत अध्ययनको काम पनि चीनिया पक्षले रोकेर राखेका छन।

नेपाल बिधुत प्राधिकरणले नेपाल तर्फको अध्ययन सकेपनी चिनियाँ पक्षले चीन तिरको अध्ययनमा लापरबाही गरेको कारण यो परियोजना पनि अनिश्चित बनेको छ।यसरी नेपालका हरेक आयोजना हरुमा हात हाल्ने र काम नगर्ने चीन सरकारको नितिको कारण नेपालले धेरै परियोजना हरु निर्माणमा सकस ब्यहोर्नु परिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here