कौशल भण्डारी
झापा, झापामा थकाली किचेन एण्ड लुम्बिनी तन्दुरी मट्का हाउस सञ्चालनमा आएको छ ।
बिर्तामोडस्थित भगवान चौक नजिकै युवा व्यवसायी कृष्ण पौडेलले हाउस सञ्चालनमा ल्याएका हुन् । विगत एक दशकदेखि होटल व्यवसाय गर्दै आएका पौडेलले यस अघिपनि चकाली किचन सञ्चालनमा ल्याएका थिए । पौडेलको यो पाँचौं व्यवसाय हो ।
२०७२ सालमा सेन्टर पोइन्ट पार्टी प्यालेस सञ्चालनमा ल्याएका व्यवसायी पौडेलले त्यसपछि सी.टी. होटल एण्ड पार्टी प्यालेस,हेभन होटल , अधुवा पुल पूर्व थकाली किचेन र चन्द्रगढीमा थकाली किचेन संचालन गरेका थिए ।
बिर्तामोड , बाह्रदशी र दमकका ४० जना दृष्टिविहीनहरुलाई निःशुल्क भोजन गराएर होटल उद्घाटन गरिएको थियो ।
थकाली खाना , लुम्बिनी तन्दुरी चिकेन , तन्दुरी रोटी ,मट्का मासुलगायतका परिकारहरु आफ्नो होटलमा उपलब्ध रहेको उनले जानकारी दिए । होटलमा हेड सेफ काभ्रेबाट मगाइएको छ भने सहायक सेफ मोरङका हुन् । तर, थकाली खाना आफैले बनाउने गरेको संचालक पौडेल बताउँछन् ।
गुणस्तरीय सेवा दिएपनि मूल्य भने अन्य ठाउँजस्तै सस्तो नै रहेको उनले जानकारी दिए । मटन खाना सेट ४५० , सादा खाना २५० , लोकल चिकेन खाना ४०० र बोइलर चिकेन खाना ३५० रुपैयाँमा उपलब्ध रहेको पौडेलले बताए । करिव ७० लाख रुपैयाँको लागतमा सो होटल संचालनमा ल्याइएको अर्का संचालक अनु पौडेलले बताइन् ।