सैनिकमा एनएमसीको उपएकाइ सभा

0
228

सैनिकबजार,

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले ३० अौं वार्षिक साधरणसभा अन्तर्गत सैनिकबजार उपएकाइगत साधरणसभा सम्पन्न गरेको छ।

एनएमसी सैनिकबजार सेवाकेन्द्र उपसमिति संयोजक मनु मुखिया सुनुवारको सभापतित्व एवं बिर्तामोड-१० का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्य रहेको कार्यक्रममा उपसमिति सदस्य गंगाप्रसाद मैनालीले स्वागत गरेका थिए।

कार्यक्रममा सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन बरिष्ठ उपाध्यक्ष नारायणप्रसाद कोइरालाले प्रस्तुत गरेका थिए भने लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन रआर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रम र लेखा परिक्षकको प्रतिवेदन केन्द्रीय प्रतिनिधि तथा कार्याकारी प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले प्रस्तुत गरेका थिए।

प्रतिवेदन अनुसार संस्थाको चुक्ता शेयरपूँजी एक अर्ब ३५ करोड ५८ लाख ९५ हजार छ भने निक्षेप मौज्दात ८ अर्ब ७० करोड १३ लाख १२ हजार ८६४,कर्जा लगानी १ अर्ब ६९लाख ९१ लाख ५९ हजार६०६, नाफा १६ करोड ७८ लाख ९५ हजार र शेयर सदस्य १ लाख २८ हजार ९१८ रहेको छ।

सभाले आगामी पुस २ गते बिर्तामोडमा सम्पन्न हुने अन्तिम सभा तथा मान्युट प्रमाणीकरणका तीन जना प्रतिनिधि छनौट गरेको बताइएको छ। कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष गुरुङलगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा शेयर सदस्यहरु लक्ष्मीप्रसाद सुबेदी, दीपक प्रसाईं,धनपति बरालले सुझाव तथा जिज्ञासा राखेका थिए।

सभामा उठेका जिज्ञासाको जवाफ संस्थाका कार्याकारी प्रमुख उप्रेतीले दिएका थिए। अन्तिम तथा मान्युट प्रमाणीकरण सभामा पेश गरिने प्रस्ताप सभाले अनुमोदन गरेको थियो। कार्यक्रमको सञ्चालन भद्रपुर केचना क्षेत्र प्रमुख दिवस खतिवडा र सैनिकबजार सेवा केन्द्र प्रमुख सन्तोष ढुंगानाले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here