मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

0
219

महेन्द्रनगर,

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको अर्जुनी क्षेत्रमा मोटरसाइकल अनियन्त्रित हुँदा आज एक युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरत गिरीले पूर्वबाट पश्चिमतर्फ आइरहेको से ७ प २८४२ नं को मोटरसाइकल अनियन्त्रित भई चालक कृष्णपुर नगरपालिका–९ का २४ वर्षीय हरिश ऐरको मृत्यु भएको जानकारी दिनुभयो ।

“दुर्घटनामा परी घाइते भएका ऐरको उपचारका क्रममा केहीबेर अघि महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।”

प्रहरी निरीक्षक गिरीले भन्नुभयो, “प्रारम्भिक जानकारी अनुसार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुन पुगेको खबर छ, अहिले शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।” प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here