मेलमिलापकर्ताको आधारभूत तालिम

0
219

पथरीशनिश्चरे,

पथरीशनिश्चरे नगरपालिका न्यायिक समितिबाट सुचीकृत मेलमिलापकर्ताहरूको ३ दिने आधारभूत तालिम समापन भएको छ ।

मोरङको लेटाङस्थित कृषि विकास बैंक तालिम केन्द्रमा सोमबारदेखि भएको तालिमको बुधबार समापन भएको हो। पथरीशनिश्चरे नगरपालिका न्यायिक समितिको आयोजना भएको तालिममा वडाका मेलमिलापकर्ताहरुको उल्लेख्यनीय उपस्थिति रहेको थियो ।

नगरपालिका उप–प्रमुख तथा न्यायिक समितिका संयोजक देवीमाया काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा पथरीशनिश्चरेका नगर प्रमुख मोहन प्रसाद तुम्वापो प्रमुख अतिथिको रुपमा रहनुभएको थियो। उक्त अवसरमा नगर प्रमुख मोहनप्रसाद तुम्वापोले तालिममा सहभागीलाई प्रमाण–पत्र र सहजीकरण गर्नुहुने प्रशिक्षकलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

उक्त अवसरमा कार्यक्रमको प्रतिवेदन छत्रबहादुर लिम्बु र मूल्यांकन प्रतिवेदन कल्पना श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । समापन कार्यक्रममा वडा नं. १० का अध्यक्ष जीवन खतिवडा, नगरका कानूनी सल्लाहकार दीपक राई, पूर्व न्यायिक समिति सदस्यद्वय पर्शुराम न्यौपाने र दुर्गाप्रसाद सिटौला लगायतको पनि उपस्थिति थियो ।

तालिममको सहजीकरण अधिवक्ताद्वय वीरेन्द्रकुमार बस्नेत, मेघराज न्यौपाने र वरिष्ठ अधिवक्ता गणेशराज लुइटेलले गर्नुभएको थियो भने कार्यक्रमको संयोजन/सञ्चालन उजुरी प्रशासक तथा नगरका कर्मचारी विश्वमणि निरौलाले सम्हालेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here