बिर्तामोडमा आइएलटिएस टिचरहरुलाई तीन दिने तालिम

२९ मंसिर २०७९, बिहीबार मा प्रकाशित

बिर्तामोड ।

झापाको बिर्तामोडमा सञ्चालन भएको आइएलटिएस टिचर ट्रेनिङ बिहीबार सम्पन्न भएको छ ।

शैक्षिक परामर्श संघ (इक्यान) झापाको आयोजना तथा ब्रिटिस काउन्सिलको सहयोगमा भएको तीन दिने तालिम बिहीबार सम्पन्न भएको हो । अंग्रेजी शिक्षालाई प्रभावकारी बनाउदैं विद्यार्थीलाई वैदेशिक शिक्षामा सहजता होस् भन्ने उद्धेश्यले ब्रिटिस काउन्सिलसंग सहकार्य गर्दै आइएलटिएस टिचरहरुलाई तालिम दिइएको इक्यान झापाका अध्यक्ष मिलन ओलीले जानकारी दिए ।

तालिमले अंग्रेजी भाषामा थप निपुर्ण हुदैं शिक्षकहरुले गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने इक्यान झापाका सचिव राजकुमार कार्कीले जानकारी दिए । यो तालिमले आइएलटिएस शिक्षकहरुको क्षमता वृद्धि हुुनुका साथै ब्रिटिस काउन्सिल मान्यता प्राप्त प्रमाण पत्र प्राप्त गरेको सचिव कार्कीले बताए । यस तालिमले आइएलटिएस टिचरको क्षमता वृद्धि गर्नुका साथै झापामा आइएलटिएस टिचरको संख्या वृद्धि भएको उल्लेख गरे । शिक्षकलाई अंग्रेजी भाषामा दक्ष बनाउने उद्धेश्यका साथ तालिमको आयोजना गरिएको बताइएको छ ।

इक्यान झापाका अध्यक्ष मिलन ओलीको अध्यक्षतामा भएको कार्यक्रममा इक्यानका केन्द्रिय सदस्य एवम् झापाका प्रमुख सल्लाहकार पुष्पराज भट्टराईको प्रमुख आतिथ्य रहेको थियो । इक्यान झापाका निर्वतमान अध्यक्ष सुमान शर्मा कट्टेलले स्वागत गरेको कार्यक्रममा ब्रिटिस काउन्सिलका प्रमुख प्रशिक्षक प्रेम थापा (क्षेत्री), विकेक लिम्बू, कृष्टिना कंशकार लगायतको आतिथ्य रहेको थियो । झापाका २७ जना आइएलटिएस टिचरहरुको सहभागिता रहेको तालिम उत्कृष्ट भएको तालिमका प्रमुख प्रशिक्षक थापाले बताए । उनले झापाबाट आइएलटिएस टिचरहरुले अब विद्यार्थीहरुलाई गुणस्तरीय अंग्रेजी भाषा शिक्षा प्रदान गर्न सक्ने उल्लेख गरे ।

तीन दिनको तालिमबाट आफुहरुले धेरै ज्ञान हासिल गरेको र यसलाई आगामी दिनमा ब्यवहारमा उतार्ने प्रशिक्षार्थी आइएलटिएस टिचर केशव उप्रेतीले बताए । उनले ब्रिटिस काउन्सिलले शिक्षकहरुलाई यस्तो अवसर प्रदान गरेकोमा धन्यवाद दिदैं आगामी दिनमा पनि यस्ता तालिमको आयोजना गर्न इक्यान झापालाई आग्रह गरे ।

तालिममा सहभागिहरुलाई ब्रिटिस काउन्सिल मान्यता प्राप्त प्रमाण प्रदान गरिएको कार्यक्रमको सञ्चालन इक्यान झापाका सचिव राजकुमार कार्कीले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here