जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङको बार्षिक साधारणसभा

0
336

पथरी, जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङको २९ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ।
शनिबार बेलबारी( ३ स्थित जिल्ला बचत तथा ऋण सहकारी संघको सभाहलमा सम्पन्न भएको हो ।


संघका अध्यक्ष सोमनाथ निरौलाको अध्यक्षतामा भएको साधारण सभामा सचिव एकराज निरौलाले बार्षिक प्रगति प्रतिबेदन तथा आ।ब २०७९।०८० को कार्ययोजना पेस गर्नुभएको थियो।
सोहि अवसरमा कोषाध्यक्ष जीवन बस्नेतले आ।व २०७९।०८० को अनुमानित बजेट र लेखा संयोजक बिष्णुप्रसाद ओझाले लेखा तथा सुपरिबेक्षण समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका पुर्व अध्यक्ष केशवप्रसाद बडाललाई सहकारी ब्यक्तित्व सम्मान,जिल्ला बचत तथा ऋण सहकारी संघका पुर्ब कोषाध्यक्ष दीपकचन्द्र राई,पुर्ब सञ्चालक भक्तिप्रसाद ढकाल, पुर्व सञ्चालक देवी गौतमलाई पुर्ब सञ्चालक सम्मान,जनकल्याण साकोस मिक्लाजुङ,एकता भलुवा साकोस केराबारी र नारीसंकल्प साकोस उर्लाबारीलाई संस्था पुरस्कार, मनकामना साकोस पथरीशनिश्चरेका प्रमुख कार्यकारी अधिकृत कल्याण बजगाँई, दीपज्योति नारी विकास साकोस बेलबारीका ब्यबस्थापक गोमा खुलाल, सातमेडी साकोस रतुवामाईका ब्यबस्थापक जीवन पोख्रेल तथा लेटाङ साकोस लेटाङका लेखापाल गणेश अधिकारीलाई कर्मचारी पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here