पथरीशनिश्चरेमा भोलिदेखि मिनी महोत्सव आयोजना हुँदै

0
148

पथरीशनिश्चरे,
पुस ,
हाम्रो गाँउ, उज्यालो बनाऔं अभियानुका साथ पथरीशनिश्चरे मिनी महोत्सब -२०७९ हुने भएको छ।
भोलि पुस ०३ गतेदेखि सुरु हुने महोत्सव आगामी २० गते सम्म संचालन हुदैछ।
पथरीशनिश्चरे (१का विभिन्न चोक र टोलहरूमा सडक बत्ति जडान गरी रातमा उज्यालो पार्ने अभिप्रायका साथ महोत्सव आयोजना गरिएको गत बुधबार एक पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको थियो।
पथरीशनिश्चरे वडा नं १स्थित जाँते मोडमा रहेको खेल मैदानमा सुनाखरी युवा क्लबको प्रमुख आयोजना तथा फुलवारी समाज समुह तथा भुल्र्के समाज समुहको सह ( आयोजनामा मिनी महोत्सव संचालन गरिने सुनाखरी युवा क्लवका अध्यक्ष मिलन राईले बताउनुभयो ।
महोत्सबबाट संकलित रकमबाट सुनाखरी चोक, भुल्के, फुलबारी चोक, किरात मार्ग लगायतमा सडक बक्ति जडान र बिभिन्न ६ स्थानमा सीसी क्यामरा जडान गर्ने योजना रहेको आयोजक समितिको सचिव बिकास राईले बताएका छन् ।
उक्त प्रयोजनका लागि २ लाख ८० हजार रुपैयाँमा महोत्सव संचालन गर्नका लागि ठेक्का सम्झौता भैसकेको राईले बताउनुभयो।
महोत्सवमा स्थानीय कलाकारहरुको साथमा गायक राजेशपायल राई, एलिना चौहन, मेलिना राई, सुगम पोख्रेल लगायतसँग कुरा भइरहेको आयोजक समितिले जनाएको छ । साथै,रोटेपिङ, बालबालिकालाई मनोरञ्जन दिन विभिन्न खेल सामाग्री रहने आयोजक समितिको निर्देशक मनि लिम्बूले बताएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here