इलाममा नेपाल रेडक्रस सोसाइटीको हासपोखरी उपसाखा गठन

0
420

गणेश अर्याल
इलाम

इलामको रोङ गाउपालिकामा नेपाल रेडक्रस सोसाइटीको उपसाखा गठन भएको छ । नेत्रप्रसाद पोख्रेलको सभापतित्वमा गठन भएको समितिको उपाध्यक्षमा सबिना अर्याल, सचिबमा गणेश अर्याल र कोषाध्यक्षमा श्यामबहादुर कार्की रहेका छन् । त्यसैगरी सहकोषाध्यक्षमा प्रेमराज गुरुङ र सहसचिबमा चिन्तमणी बराल चयन भएको छन् । समितिको अन्य सदस्यहरुमा उत्तमकुमारी लाप्चा भक्तबहादुर भूजेल, चन्द्र प्रसाद तिम्सिना, चन्द लकान्द्री र रमादेबी भटराई सदस्य रहेका छन् ।
रोङ गाउपालिका वडा नम्बर ५ को बडा कार्यालय इरौटारमा भएको रेडक्रसकर्मीहरुको भेलाले उपसाखाको नाम हासपोखरी उपसाखा राख्ने समेत निर्णय गरेको नेपाल रेडक्रस सोसाइटी इलामका सभापति शिव गौतमले बताए । कन्याम उपसाखाका सभापति बेदप्रसाद गिरीको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति इलामका सदस्य प्रेमराज गुरुङ, रोङ गाउपालिका ३ का वडा अध्यक्ष मात्रिका बराल, ५ का वडा अध्यक्ष दलबहादुर पुलामी, कार्यपालिका सदस्य युवराज खाप्तुवा राई लगायतको उपस्थिति रहेको थियो । यसै बिच कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाल रेडक्रस सोसाइटी इलामका सभापति शिव गौतमले हासपोखरी उपसाखा गठन भएपछि रेडक्रस जिल्ला साखालाई सेवा प्रवाहमा सहयोग पुग्ने बताए । कार्यक्रममा नव गठित समितिका सभापति नेत्रप्रसाद पोख्रेलले चुरे क्षेत्रमा रहेको रोङ गाउपालिकाको अवस्था हेरेर सस्थाले कार्यक्रम बनाउने र सोही अनुसार सबै सग सहयोगको अपेक्षा रहेको बताउनु भयो । यसै बिच नया समितिको पहिलो बैठक पनि सम्पन्न भएको छ । बैठकले हासपोखरी उपसाखा गठन तथा सर्बसहमत उपसाखा को समिति निर्माण गर्न सहयोग गर्ने सबै रेडक्रस कर्मीहरुलाई धन्यबाद दिने निर्णय गरेको समितिका अध्यक्ष नेत्रप्रसाद पोख्रेलले बताए । रोङ गाउपालिकामा गठन भएको हासपोखरी उपसाखामा हाल १ सय १० जना आजीवन सदस्य रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here