जिल्ला बचत संघ मोरङको अध्यक्षमा कोइराला 

0
159
मोरङ,
जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङको अध्यक्षमा प्रेमप्रकाश कोइराला निर्वाचित भएका छन्  ।
शनिवार सम्पन्न २९ औं साधारणसभाबाट कोइराला निर्विरोध निर्वाचित भएका हुन् ।
यसैगरी, वरिष्ठ उपाध्यक्षमा एकराज निरौला,उपाध्यक्षमा सीता अधिकारी,सचिवमा जीवन बस्नेत निर्विरोध निर्वाचित  भएका छन् । लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा बीना राई र सदस्यमा हेमराज श्रेष्ठ र खेमराज गौतम निर्विरोध निर्वाचित भएका छन्  । कोषाध्यक्ष, ६ खुल्ला सदस्यमा १४ जना र ५ महिला सदस्य पदमा ६ उमेद्वार सर्वसम्मत हुन नसकेपछि शनिवार नै मतदान भएको थियो ।
शनिवार रातिको मत परिणाम अनुसार कोषाध्यक्षमा ढकबहादुर थापा बिजयी भएका थिए। यसैगरी, ६ खुल्ला सदस्यमा क्रमशः गणेशप्रसाद निरौला,उमेश वस्ती ,गोपाल बारकोटी,सागर सुबेदी , गोपालकुमार घिमिरे र हरिप्रसाद कोइराला विजयी भएका छन् । महिला सदस्यमा इन्दिरा भट्टराई,कृष्णमाया विष्ट,सावित्रा चापागाई,मीना कार्की र बालकुमारी लिम्बू विजयी भएका छन् ।
जिल्लामा ५ सय बढी बचत तथा ऋण सहकारी संस्था रहे पनि जिल्ला बचत तथा ऋण सहकारी संघमा २६९ वटा संस्था मात्र आवद्ध रहेका छन् । ग्रामीण क्षेत्रमा बैंकको विकल्पका रुपमा रहेका जिल्ला संघ मोरङमा आवद्ध बचत तथा ऋण सहकारी संस्थाको कुृल पँजी १६ अर्ब ४७ करोड ४७ लाख ४१ हजार ६१४ रुपियाँ पुगेको छ । जिल्ला संघमा आवद्ध २६९ वटा सहकारी संस्थामा २ लाख १२ हजार १२६ जना शेयर सदस्य रहेका छन् ।
संघमा आवद्ध संस्थामा २ अर्ब ९ करोड,५ लाख २० हजार ९६७ रुपैयाँ शेयर पुँजी रहेको छ । त्यस्तै १२ अर्ब,३२ करोड ३७ लाख ४४ हजार ७२ रुपैयाँ बचत निक्षेप रहेको छ भने १३ अर्ब १२ करोड ८३ लाख १३ हजार ८५५ रुपैयाँ ऋण लगानी भएको छ ।
प्रविधि मैत्री बन्दै संघमा आवद्ध सहकारीले ८१८ जनालाई रोजगार प्रदान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here