पुस ४ गतेबाट इकाईगत सभा

0
157

झापा,
हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले साधारणसभाको पूर्वसन्ध्यामा संस्थाको प्रतिवेदन सार्वजनिक गरेको छ ।
संस्थाका अध्यक्ष भवानीप्रसाद दंगाल, सल्लाहकार समिति संयोजक भगीरथ आले मगर मामा र संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक कृष्णराज कटुवालले प्रतिवेदन सार्वजनिक गरेका हुन् । संस्थाका साधारणसभा पुस २३ गते हुने बताइएको छ । यसअघि इकाईगत रुपमा साधारणसभा हुने र माइन्युट प्रमाणीकरणसँगै पुस २३मा संस्थाको १०औं बार्षिकसभा सम्पन्न गर्ने बताइएको छ । आइतवार संस्थाको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै संस्थाले गरेको प्रगति विवरण समेत सार्वजनिक गर्दै यो सभा चुनावी सभा भएको अध्यक्ष दंगालले बताए ।
२०६९ साल साउन १४ गते संस्था स्थापना भएको र झापा, इलाम र मोरङमा संस्थाको कार्यक्षेत्र रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । संस्थाका ३० वटा सेवा केन्द्रहरु रहेको बताइएको छ । झापामा बिर्तामोड, राजगढ, सुरुङ्गा, चन्द्रगढी, मंगलवारे, झिलझिले, बुधवारे, चारआली, धुलावारी, इँटाभट्टा, गौरादह, शनिश्चरे, लक्ष्मीपुर, दमक, केरर्खा, बनियानी, शिवगञ्ज, खुदुनावारी, गौरीगञ्ज, कामाटोली, काँकरभिट्टा, गेउरिया र भद्रपुरको सोमवारेमा सेवा केन्द्र सञ्चालनमा रहेको बताइएको छ ।
त्यस्तै इलाममा हर्कटे, दानावारी र चुलाचुली तथा मोरङमा मधुमल्ला, उर्लाबारी, डाम्राभिट्टा र मंगलवारेमा सेवा केन्द्र सञ्चालनमा रहेको जानकारी दिइयो । संस्थामा १४ हजार दुई सय २१ महिला र १० हजार सात सय ४२ पुरुष गरी २४ हजार नौ सय ६३ जना शेयरसदस्य रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । संस्थामा वहाल सदस्य संख्या ६ हजार तीन सय ९८, बचत खाता संख्या ५९ हजार ८ सय ६० रहेको बताइएको छ । शेयरपुँजी १७ करोड २२ लाख ९१ हजार रहेको छ भने बचत निक्षेप ९० करोड ५१ लाख २८ हजार सात सय ०८ रुपैयाँ ८ पैसा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । संस्थामा ऋणी सदस्य संख्या ५ हजार एक सय ७४ रहेको बताइएको छ । जसमा दुई हजार आठ सय ७६ महिला र दुई हजार दुई सय ९८ पुरुष ऋणी सदस्य संख्या रहेको बताइएको छ । संस्थाले एक अर्ब ७१ करोड ८८ लाख १३ हजार ६ सय ८३ रुपैयाँ ३४ पैसा ऋणी लगानी गरेको र असल कर्जा एक अर्ब ६८ करोड ४९ लाख ३९ हजार तीन सय रहेको बताइएको छ ।
संस्थाले आर्थिक बर्ष ०७८÷०७९मा ४६ लाख दुई हजार एक सय ४४ रुपैयाँ ५३ पैसा नाफा गरेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । संस्थाले दुई सय ०६ जना सुत्केरी महिलालाई सुत्केरी सुविधा तथा पोषण सुविधा उपलब्ध गराएको छ । आफ्ना शेयर सदस्य सुत्केरी हुँदा संस्थाले सुत्केरी सुविधा तथा पोषण सुविधा उपलब्ध गराउँदै आएको संस्थाका अध्यक्ष दंगालले बताए । सो वापत संस्थाले दुई लाख ७७ हजार नौ सय ८५ रुपैयाँको सुत्केरी सुविधा तथा पोषण सुविधा उपलब्ध गराएको हो । ९५ जना नवजात शिशुलाई ९३ हजार पाँच सय रुपैयाँ बराबरको न्यानो कपडा प्रदान गरेको छ ।
संस्थाको नियमित कार्यक्रम अनुसार संस्थाका सदस्यलाई नवजात शिशु सुविधा अन्तर्गत न्यानो कपडा उपलब्ध गराएको हो । पोषण तथा न्यानो कपडा वापत दुई सय २० जना सुत्केरी महिलालाई दुई लाख १५ हजार सात सय ७७ रुपैयाँ बराबरको पोषण तथा नवजात शिशुलाई न्यानो कपडा उपलब्ध गराएको छ । बाल बचत कर्ताहरुमध्ये दुई हजार चार सय ३० जना बालबालिकाको जन्मदिनको अवसरमा संस्थाले ११ लाख ५४ हजार एक सय ८० बराबरको केक उपलब्ध गराएको बताइएको छ । वैवाधिक बर्षगाँठको अवसरमा १०७ जना बैवाहिक दम्पत्तिलाई ५२ हजार एक सय ५० रुपैयाँको उपहार प्रदान गरेको छ भने तीन जना बाल बचत कर्ता सदस्यहरुको मृत्यु भएकाले राहत सुविधामार्फत २८ हजार पाँच सय रुपैयाँ बराबरको राहत सुविधा प्रदान गरिएको छ ।
अग्रिम बचत सुविधा अन्तर्गत चार सय जना बचत कर्तालाई चार लाख ४५ हजार पाँच सय रुपैयाँ प्रदान गरिएको छ भने संस्थामा आवद्ध तीन सय ५१ जना शेयर सदस्यलाई १७ लाख ३० हजार १६ रुपैयाँ किरिया खर्च तथा मृत्यु राहत सुविधा प्रदान गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । लेखा सुपरीवेक्षण समिति संयोजक कटुवालले स्वागत गरेको कार्यक्रममा संस्थाकी कर्मचारी(विभागीय प्रमुख) ज्योति पराजुलीले संस्थाको समग्र आर्थिक अवस्थाको विषयमा जानकारी गराएकी थिइन् । कार्यक्रमको सञ्चालन संस्थाका पदपूर्ति उपसमिति संयोजक विश्वेश्वसरप्रसाद लामिछानेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here