आठ बर्षमा शैलेश्वर शिवालयको साधारण

0
167

गणेश अर्याल
इलाम, इलामको रोङ गाउपालिका वडा नम्बर ३ कोल्बुङमा रहेको शैलेश्वर शिवालयकोे साधारण सभासम्पन्न भएको छ । सभाले चुडामणी अर्यालको अध्यक्षतामा मन्दिरको नया सञ्चालक समिति चयन गरेको छ । नव गठित समितिको उपाध्यक्षमा डिल्लीराम कटेल, सचिब माधब निरौला र कोषाध्यक्षमा भिमा अर्याल चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा दिपेन्द्र खड्का, रुपनारायण अर्याल डम्बर खवास र बिमला अर्याल चयन भएका छन् । त्यसैगरी ठाकुरप्रसाद अर्यालको सम्योजकत्वमा अम्बर सुनुवार र कमलप्रसाद अर्याल सदस्य रहेको लेखा समिति पनि चयन भएको छ ।
साधारण सभामा १४ लाख ३१ रुपैया खर्च र १२ लाख ४१ हजार ७ सय ९ रुपैया आम्दानी भएको बिवरण सुनाईएको थियो । सुनाईएको बिवरण अनुसार आम्दानी भन्दा खर्च बढी हुदा यो अवधिमा १ लाख ५८ हजार ३ सय २२ रुपैया नोक्सान भएको छ । प्रत्येक बर्ष हुनु पर्ने साधारण सभा २०७१ सालमा भएको र त्यसको ८ बर्ष सम्म साधारण सभा हुन नसकेको नव गठित समितिका अध्यक्ष चुडामणी अर्यालले बताए । निबर्तमान सचिब गिताप्रसाद अर्यालले सञ्चालनमा भएको साधारण सभा शैलेश्वर शिव मन्दिरका निबर्तमान अध्यक्ष देबी प्रसाद अर्यालको सभापत्विमा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here