पथरी शनिश्चरेमा हस्तलेखन प्रतियोगिता

0
228

पथरीशनिश्चरे,

संस्थाका संस्थापक, प्रिन्सिपल स्वर्गीय टीकाराम श्रेष्ठको स्मृतिमा आयोजित अन्तर विद्यालय स्तरीय हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ।

शनिबार प्रतियोगितामा रेडस्टार माध्यमिक विद्यालयका कक्षा ६ की सन्देश मगर प्रथम, बानिका रसाइली द्वितीय तथा सेमिङ राई, एन्जल राई र प्रज्ञा तिम्सिनाले सान्त्वना पुरस्कार हासिल गरेका थिए।

प्रतियोगितामा ग्रेट ग्रेस विद्यालयको ग्रृष्मा राई तेस्रो स्थान हासिल गरेकी थिइन् भने कक्षा -५बाट ग्रेट ग्रेसकी युनिशा राई ,सुप्रव मोडलकी समिक्षा विष्ट दोस्रो तथा एभरेष्ट बोर्डिङका सिफल श्रेष्ठ तेस्रो स्थान हासिल गरेका थिए।

प्रथम, दोस्रो तेस्रो तथा सान्त्वना स्थान हासिल गर्ने प्रतियोगीहरूलाई क्रमशः ३ हजार,२ हजार, १ हजार तथा ५ सयका दरले पुरस्कृत गरिएको रेडस्टार माविका नेपाली शिक्षक शम्भुराज घिमिरेले बताउनुभयो।

नगरका २३ विद्यालयका ११० जनाले विद्यार्थीहरूले फाइनल चरणमा सहभागिता जनाएका थिए। उक्त हस्तलेखन प्रतियोगितामा विद्यार्थीका हस्तलेखन सुधारको लागि ग्रेट ग्रेस एकेडेमीले आयोजना गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here