सवारी दुर्घटनाबाट एक जनाको मृत्यु

0
185

झापा ।

झापाको मेचिनगर नगरपालिका–१३ स्थितमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

ना ८ ख ३३३६ नम्बरको ट्रकले मे ७ प १७२७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलको पछाडि सवार रहेकि रोङ गाउपालिका–६ इलामकी २३ बर्षीया उषा राई घाईते भएकिमा उनको उपचारको क्रममा बिएण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।

ठक्कर दिने ट्रक र चालक पाँचथर मिक्लाजुङका सुन्दर राज आङदाम्बेलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here