‘युक्रेन युद्धले विश्व साम्राज्यवादमाथि संकट चुलियो’

0
190

काठमाडौं , क्रान्तिकारी पार्टी र संगठनको अन्तर्राष्ट्रिय को–अर्डिनेसन (आईसीओआर) ले युक्रेन युद्धका कारण विश्व साम्राज्यवादी संरचनात्मक पद्धतीलाई संकटग्रस्त बनाएको ठहर गरेको छ । साम्राज्यवाद र फासिवादमाथिको संकटले समाजवाद स्थापनाको आधार खडा गर्नसक्ने आईओआरले जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (मसाल) को निमन्त्रणामा हालै काठमाडौं आएकीआइकोर संयोजकमोनिका गार्टनरले युक्रेन–रसिया युद्धले गुणात्मक छलाङ मारेको बताउनुभयो । यसले विश्व साम्राज्यवादमाथिआर्थिक, राजनीतिक, सैनिकलगायतका संकट उत्पन्न गरेको भन्दै युद्धले समग्र मानवजातीकालागिसमेत नयाँनयाँ संकट खडा गरेको बताउनुभयो ।
नेकपा (मसाल) ले काठमाडौंमाआयोजना गरेको कार्यक्रममाबोल्दै जर्मन कम्युनिष्ट पार्टी (एमएलपीडी) की नेत्रीगार्टनरले भन्नुभयो, ‘अहिलेको संकटको मुख्यविन्दु युक्रेन युद्ध हो । यसले साम्राज्यवादी संरचनात्मक पद्धतीमा ब्यापकसंकट ल्याएको छ । परम्परागत साम्राज्यवादीशक्तिहरुमायसले राजनैतिक, आर्थिक, सैनिक संकट बढाएको छ । साथसाथै, आर्थिक, वित्तियउपनिवेशवादी परनिर्भरता, भोकमरी, महंगी, वातावरणी विनाश, शरणार्थी समस्या जस्ता संकटहरुपनिनिम्त्याएको छ ।’
साम्राज्यवादी स्थायित्व अब युक्रेन युद्धपछि अस्थायित्व बनेको उहाँले बताउनुभयो । यसले मुलतःदुईवटा विकल्पतेस्रो विश्वयुद्ध वासमाजवादीक्रान्तिल्याउने गार्टनरको भनाई छ ।
‘युक्रेनयुद्ध अगाडि बढ्दै गए तेस्रो विश्वयुद्ध हुनपनि सक्छ । तेस्रो विश्वयुद्ध हुने अवस्थामा आणविक हतियार प्रयोगका कारण मानवजातीकै अस्तित्व संकटमा पर्न सक्छ’ आईसीओर संयोजक गार्टनरले भन्नुभयो, अथवा साम्राज्यवादीअन्तरविरोध बढ्दै जाँदाजनताको प्रतिकारबाट समाजवादीक्रान्तिहुन सक्छ । यस्तो अवस्थामामार्क्सवादी लेनिनवादीहरुले मजदुर वर्गलाई अझ बढी क्रान्तिमुखी बनाउनुपर्छ ।’
गार्टनरले अमेरिकाले नाटो (सैनिक संगठन)को नेतृत्वगरिरहेको र यो नै विश्वशान्तिखलल पुर्याउने मुख्यनाइके भएको बताउनुभयो । साथै, रसियाले युक्रेनको आत्मनिर्णयको अधिकार र शान्तिभंगगरिरहेको आरोप पनिलगाउनु भयो ।
विश्वभरको मार्क्सवादी लेनिनवादी संगठनहरुलाई कुनै पनि युद्धरत पक्षको साथनदिनआह्वानगर्नुभयो ।
‘यदी युद्धरत कुनै पनिपक्षलाईसमर्थन गर्छौं भने त्यो सामाजिकधोका हुन जान्छ’ उहाँले भन्नुभयो, ‘वर्गीय एकताबलियो बनाएर, अन्तर्राष्ट्रिय सर्वहारा वर्ग जो हाम्रो हतियार पनिहो, त्यो हतियारद्वारा साम्राज्यवादविरुद्धको संघर्षलाई अघि बढाउनुपर्छ ।’
उहाँले आईसीओरले युक्रेन युद्ध तत्काल रोक्न माग गरेको बताउनुभयो । रसिया र युक्रेनको सिमा क्षेत्रलाई असैनिक क्षेत्र घोषणा गर्न तथायुक्रेनमाथिभएको क्षतिको रसियाले क्षतिपुर्ती भर्नुपर्ने र अमेरिकाले नाटोलगायत सैनिक संगठन विघटन गर्नुपर्ने बताउनुभयो ।
साथै, साम्राज्यवादी युद्धका कारण विश्वभर मानवजातीमाथि परेका आर्थिक, सामाजिक, सांस्कृतिक संकट एवम् वातावरणीय विनासविरुद्ध विश्वभरका मजदुरलाईआवाज उठाउन आह्वानपनिगर्नुभयो ।
आईकोरको पछिल्लो गतिविधिबारेजानकारी दिँदै संयोजक गार्टनरले साम्राज्यवादी–फासिवादीमोर्चा ‘युनाइटेड फ्रन्ट’ ले महत्वपूर्ण प्रयासहरु गरिरहेको बताउनुभयो । उहाँकाअनुसार हालै सो संगठनले एक अन्तर्राष्ट्रिय वेविनार आयोजना गरेको थियो, जसमा २० देशका १०० बढी प्रतिनिधिहरु सहभागिथिए । पछिल्लो समयमाआईकोरप्रतिविश्वकाविभिन्न मुलुकबाट चासो बढिरहेको पनिउहाँले जानकारी दिनुभयो । यसै सन्दर्भमाआगामी सेप्टेम्बर ५ र ६ तारिखमा पेरिसमाविश्व साम्राज्यवादतथा फासिवादविरुद्ध अन्तर्राष्ट्रिय सम्मेलन हुने र त्यो भन्दा अघि आउँदो जनवरीमामजदुरहरुको एउटा कार्यक्रमपनिआयोजनागरिएको उहाँले बताउनुभयो ।

गार्टनरले सडेगलेको साम्राज्यवादलाई प्रतिस्थापनगर्न आइकोरले विश्वभरका समाजवादी संगठनहरुबीच संयोजनको प्रयासगरिरहेकोभन्दै नेपालमा नेकपा (मसाल) ले खेलेको भूमिकाको प्रशंसा पनिगर्नुभयो । नेकपा (मसाल) आइकोरको सदस्यसंगठन हो ।
नेपालआएकाजर्मन कम्युनिष्ट पार्टी एमएलपीडीका नेताहरुलाई नेकपा (मसाल) का महामन्त्रीमोहनविक्रम सिंहलेस्वागतगर्नुभएको थियो ।
काठमाडौंमाआयोजितकार्यक्रममाराष्ट्रिय जनमोर्चाका अध्यक्षचित्रबहादुर केसी लगायतमसाल सम्बद्ध विभिन्नजनवर्गीय संगठनका नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियो । अखिलनेपाल बुद्धिजीवी संगठनका अध्यक्षप्रा.डा. श्रीधर गौतमले भाषाअनुवादगर्नुभएको कार्यक्रममा सहभागीहरुकाविभिन्न जिज्ञासाबारे आइसीओर संयोजक गार्टनरले स्पष्ट पार्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here