राष्ट्रिय सहकारी बैंकको प्रदेश नं १ को संचालकमा गिरी सर्वसम्मत

0
226

झापा,  सहारा नेपाल सहकारी संस्थाका कार्यकारी निर्देशक महेन्द्र कुमार गिरी राष्ट्रिय सहकारी बैंकको प्रदेश नं १ को संचालकमा सर्वसम्मत चयन भएका छन् ।

प्रदेश नं १ बाट संचालकका लागि गिरी र कृष्ण दाहालको उम्मेदवारी रहेपनि दाहालले उम्मेदवारी फिर्ता लिएपछि गिरी सर्वसम्मत भएका हुन् ।

यसअघि अध्यक्षमा केबी उप्रेती तथा गण्डकी प्रदेश संचालकमा राम बहादुर जिसी र मधेश प्रदेश संचालकमा विश्वनाथ मण्डलको मात्रै उमेदवारी परेपछि निर्विरोध भइसकेका छन् ।

यस्तै योग्यता नपुगेको भन्दै लेखा समिति संयोजक राजु पुरीको उम्मेदवारी खारेज भएपछि लक्ष्मीप्रसाद उप्रेती पनि निर्विरोध बनेका हुन् ।

प्रदेश संचालकमध्ये बागमतीमा ५ जना र कर्णालीमा ३ जनाको उमेदवारी छ । महिलाका लागि छुट्याइएको लुम्बिनी र सुदुरपञ्चिम प्रदेश संचालकमा पनि ४ जनाको उमेदवारी रहेको छ ।

यसैगरी खुल्ला सदस्यमध्ये ४ जनाको लागि ३३ जनाको उम्मेदवारी परेकोमा युगेश पौडेलको खारेज भएसँगै ३२ जना बाँकी छन् । महिला खुल्ला ३ पदका लागि ७ जनाको उमेदवारी रहेकोमा विमला शाहाको पनि खारेज भएपछि ६ जना बाँकी रहेका छन् । यस्तै लेखा समिति सदस्यमा ५ जना र महिला सदस्यमा ३ जनाको उमेदवारी छ ।

बैंकको १९ औं वार्षिक साधारणसभा पुस १६ गते हुदैछ । सात वटै प्रदेशमा हुन लागेको वार्षिक साधारणसभामार्फत नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचन गर्ने कार्यक्रम अन्तरगत पुस ६ गतेका लागि उमेदवारी दर्ताको समय तोकिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here