यही सरकारको निरन्तरताको राष्ट्रिय परिदृश्य देख्दैछु – मुख्यमन्त्री राई

0
219

विराटनगर,
प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कुनै चमात्कारिक अवस्थाबाहेक यही सरकारको निरन्तरता हुने
राष्ट्रिय परिदृश्य बन्दै गएको उल्लेख गर्नुभएको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित
चालु आर्थिक वर्ष २०७९÷०८० को प्रथम चौमासिक प्रगति समीक्षालाई सम्बोधन गर्दै उहाँले निर्वाचनपछि
सरकार परिवर्तन हुनु स्वभाविक भएको उल्लेख गर्नुभयो ।
‘सरकार परिवर्तन नहोला भन्दिनँ तर यही गठबन्धनको सरकार बन्ने राष्ट्रिय परिदृश्य म देख्दैछु’ मुख्यमन्त्री
राइर्ल े भन्नुभयो । मुख्यमन्त्री राईले कर्मचारी स्थायी सरकार भएको स्मरण गराउनुहुँदै आफूले सरकार
सञ्चालनका क्रममा कर्मचारीलाई सहयोगीभन्दा सल्लाहकारको रुपमा लिएको बताउनुभयो । ‘कर्मचारीका
सवालमा हिजो हामीले कुनै रंग हरेनौं, बिरालो कालो होस् वा सेतो मुसा मारे पुग्छ भनेझैं हामीलाई काम
चाहिएको छ’ उहाँले भन्नुभयो । मुख्यमन्त्री राइर्ल े कर्मचारी जागीर खान मात्रका लागि नभई कामका लागि
भएकाले सबै कर्मचारीले पाएको र दिइएको जिम्मेवारीअनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले सरकार फेरिने प्रक्रियालाई स्वभाविक रुपमा लिनुपर्ने बताउँदै एउटा सरकारले गरेको कामको दायित्व र
जिम्मेवारी अर्को सरकारका लागि बोझ नहोस् भन्नेतर्फ कर्मचारी नै सजग हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री राईले आफू सरकारको नेतृत्वमा आउनुपूर्व पूर्ववर्ती सरकारले बहुवर्षीय योजनासहितका टुक्रे
योजनामा गरेको खर्चले निकै ठूलो तनाव सहनुपरेको उल्लेख गर्नुभयो । ‘जोसुकैको सरकार होस् स्रोत सुनिश्चित
छैन भने बजेटमा उल्लेख नगरौं भनेर कर्मचारीले भन्न सक्नुपर्छ, हैन भने अर्कालाई भार पर्छ’ मुख्यमन्त्री राईले
भन्नुभयो, ‘म कर्मचारी वर्गलाई भन्न चाहान्छु नहुने, नमिल्ने काम छ भने निर्धक्क भएर हुँदैन भन्नुपर्छ, अनि हुने
काम छ भने स–सना छिद्र खोजेर अल्झाउनु पनि हुँदैन ।’ उहाँले नागरिकलाई आपत्बिपद् पर्दा सरकार छिटो
परिचालन भएको महशुस हुनेगरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आयोजित चालु आर्थिक वर्ष २०७९÷०८० को प्रथम चौमासिक प्रगति
समीक्षा कार्यक्रममा प्रदेश सरकारअन्तर्गतका विभिन्न १७ वतटा मन्त्रालय तथा निकायको प्रगति विवरण प्रस्तुत
गरिएको थियो । विभिन्न मन्त्रालय तथा निकायबाट प्रगति विवरण प्रस्तुत भएपछि प्रदेश नं. १ का निमित्त प्रमुख
सचिव किशोरकुमार चौधरीले प्रदेश सरकारको समग्र अवस्था र आगामी दिनमा गर्नुपर्ने कामका विषयमा प्रकाश
पार्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here