बिर्ताबजारमा एग्रिकल्चर एण्ड कम्युनिटी बिल्डिङ निर्माण शुरु

0
220

बिर्तामोड, झापाको बिर्तामोडमा सुविधासम्पन्न सपिङ मल निर्माण शुरु भएको छ ।
बिर्तामोड नगरपालिका–३स्थित बिर्ताबजारमा पाँच करोडभन्दा बढीको लागतमा सुविधासम्पन्न सपिङ मलको निर्माण अघि बढाइएको हो । बिर्ताबजार एग्रिकल्चर एण्ड कम्युनिटी बिल्डिङ निर्माण शुरु गरिएको बिर्तामोड नगरपालिका वडा नं. ३का अध्यक्ष मदन बुढाथोकीले जानकारी दिए । साढे तीन तले विल्डिङमा ६४ वटा सटर रहने वडाध्यक्ष बुढाथोकीको भनाइ छ ।
बिर्ताबजारलाई व्यवस्थित र सुन्दर बजारका रुपमा विकास गर्ने उद्देश्यले सपिङ मल निर्माण शुरु गरिएको उनले बताए । बिर्ता बजार जिल्लाकै पुराना बजारमध्येको एक हो । यसअघि बिर्ताबजारमा स–साना टहरामा स्थानीयले व्यापार व्यवसाय सञ्चालन गर्दै आएका थिए । तर, नगरको अगुवाईमा पाँच करोड ५६ लाख ५३ हजार आठ रुपैयाँको लागतमा अण्डरग्राउण्ड पार्किङसहित सुविधासम्पन्न भवन बनेसँगै स्थानीयले सहज रुपमा व्यवसाय सञ्चालन गर्न सक्ने अपेक्षा गरिएको छ ।
२२÷२३ मिटर बेस रहेको विल्डिङ २२÷२२ मिटरको रहने निर्माण कम्पनीका सञ्चालक सुदीप चम्लागाँईंले बताए । दुई वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने गरी आरएस निर्माण सेवा काभ्रेले निर्माणको प्रक्रिया अघि बढाएको छ । भवन २०८० असोज ६ गतेसम्ममा निर्माण सम्पन्न गरिसक्ने सम्झौतामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here