भद्रपुर ।

भद्रपुरमा पानीमा डुबेर एक बालक मृत्यु भएको छ ।
डुबेर मृत्यु हुनेमा भद्रपुर नगरपालिका- १ स्थित संगम टोल निवासी विजय लिम्बुको १७ महिनाको छोरा ईन्छुहाङ लिम्बुको रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार नाबालक ईन्छुहाङ खेल्ने क्रममा आफ्नै बारीमा राँगालाई पानी खुवाउन राखेको भाँडामा डुबेको अवस्थामा मृत फेला परेका थिए ।
घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।





























