कानेपोखरीमा नामथर नखुलेपछि एक पुरूषको शव गाडियो

९ पुष २०७९, शनिबार मा प्रकाशित

पथरीशनिश्चरे,

मोरङको कानेपोखरी गाउँपालिकामा एक पुरुषको शव पहिचान नभएपछि शव गाडिएको छ ।

एक हप्ता वितिसक्दा पनि पहिचान हुन नसकेपछि शुक्रबार उर्लाबारी स्थित मंगलबारे अस्पतालमा पोष्टमार्टम गरी कानेपोखरीको जंगलमा शव गाडिएको हो । इलाका प्रहरी कार्यालय पथरीले शवको पोष्टमार्टम गरी कानेपोखरी नगर प्रहरीलाई बुझाएको थियो।

नगर प्रहरीले शुक्रबार नै जेसीभीले खनेर शव गाडिएको नगर प्रहरी इन्चार्ज युवराज भूजेलले बताएका हुन् । भारतीय मूलका नागरिक ३ महिना अघिदेखि कानेपोखरी चोकमा मागेर खाने र बेलुका भएपछि वरपिपलको फेदमा बस्ने गर्दैआएका थिए । लगभग ६० बर्ष माथिको देखिने अपरिचित पुरुष पुस २ गते विहान ५ बजेको समयमा सवारी साधनले ठक्कर दिएकाे थियो । पूर्वपश्चिम राजमार्गको सडकमा सवारी साधनको ठक्कर पछि उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले बताएका छन् ।

इप्रका प्रहरी र कानेपोखरीका नगरप्रहरीले घटना भएकै दिन शवलाई मंगलबारे अस्पतालमा लगेर राखेका थिए । कुन सवारी साधनले ठक्कर दियो भन्ने बारेमा सवारी साधनको पत्ता लाग्न लागेको र पथरी- कानेपोखरी क्षेत्रमा यस्ता मागेर खाने भारतीय मुलका ८ देखि १० जना अझै रहेको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी वेद प्रसाद गौतमले बताएका छन् ।

ठुला भारतीय गाडीले बिहानै भारतीय क्षेत्रबाट यस्ता मान्छे ल्याएर छोड्ने गरेको तथ्य पत्ता लगाएको प्रहरीले जनाएको छ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here