बोटबिरुवाहरुले पनि असर महशुस गर्दछन्

९ पुष २०७९, शनिबार मा प्रकाशित

बोटबिरुवाहरुले पनि प्राणीेले जस्तै असर महशुस गर्दछन् । पानी पाएनन् भने बोटबिरुवाहरु सुक्दछन् । पानी पाए भने प्यास मेटिएको महशुस गर्दछन् । बोट बिरुवाहरुलाई चोट पु¥याएमा पीडा महशुस गर्दछन् । फिलको हिसाबले बोटबिरुवाहरु पनि मानिस या अरु प्राणीहरु जस्तै हुन्छन् । बोटबिरुवाहरुले पनि दुःख–सुख महशुस गर्दछन् ।
धेरै नै वर्षअघि बेलायतमा जगदीश चन्द्र बसु नामका विज्ञ जो बोटबिरुवा सम्बन्धी निकै जानकार थिए उनलाई ज्ञानका हिसाबले आचार्य भनिन्थ्यो । उनले बोटबिरुवाहरुले पनि असर महशुस गर्दछन् भनेर सिद्ध गरिदिएका थिए ।

बोटबिरुवाले कसरी असर महशुस गर्दछन् त ? भनेर जिज्ञासा राख्ने धेरै वैज्ञानिक समेत बसुले गरेका प्रदर्शनमा आएका थिए । आचार्य बसुले इन्जेक्सनबाट बिरुवामा जहर घुसाएर आफ्नो प्रदर्शन देखाए । केही क्षणपश्चात नै बिरुवा ओइलायो र लत्रक्कै भयो । आचार्य बसुले बताए, बोटबिरुवा पनि हामी जस्तै दुःखदर्द महशुस गर्दछन् । यिनले पनि श्वास लिन्छन्, भोजन ग्रहण गर्दछन्, हामी जस्तै संवेदनशील हुन्छन् । बिरुवाहरुले थकान पनि महशुस गर्दछन् । उनले खासमा क्लोरोफर्म बोटबिरुवामा घुसाएका थिए । जसले गर्दा बोटबिरुवा मुर्छित भएका थिए । क्लोरोफर्मको असर हट्दै गएपछि बोटबिरुवा बिस्तारै जाग्दछन् । आचार्य बसुको त्यस प्रदर्शन पछि विज्ञानको क्षेत्रमा नयाँ क्रान्ति नै आएको थियो ।

आचार्य बसुले बोटबिरुवामा रक्सी अर्थात् मदिराको पनि प्रयोग गरेका थिए । रक्सीले बोटबिरुवा पनि मदहोश हुने कुरा पत्ता लागेको थियो । उनले गाजर र बन्दा कोपीलाई चक्कुले काट्ता डर र पीडाले कामेको समेत पत्ता लगाएका थिए । तर, यस्तो सूक्ष्म प्रतिक्रिया खास उपकरणको माध्यमले थाह पाउन सकिन्छ । बोटबिरुवाको मन हुन्छ तिनको मनको कुरा पनि थाह पाउन सकिन्छ । आचार्य बसुले केस्कोग्राफ यन्त्र आविष्कार गरे जसले बोटबिरुवाको पनि मन हुन्छ र मनको कुरा थाह पाउन पनि सकिन्छ भनेर पत्ता लगाएका थिए । त्यस यन्त्रले बोटबिरुवा एक सेकेन्डमा कति बढ्छ ? भनेर पनि जान्न सकिन्छ । बोटबिरुवा काट्ता या काटेर ढाल्दा बोटबिरुवा केही क्षण प्रतिक्रियाविहीन हुन्छन् र पछि काम्न थाल्छन् र पछि शान्त हुन्छन् अर्थात् मृत्य हुन्छ । जसरी पशुहरुलाई मासुका लागि काट्ता तिनीहरु केही क्षण प्रतिक्रियाविहीन हुन्छन् । एकछिनपश्चात निकै जोडले काम्छन् र पछि शान्त हुन्छन् अर्थात् मृत्य हुन्छ । मानिसहरुले बोटबिरुवालाई संज्ञाहीन या निष्प्राण सम्झन्थे, तर आचार्य बसुले बोटबिरुवा पनि प्राणीहरु जस्तै संवेदनशील हुन्छन् भन्ने सिद्ध गरिदिएर एक हलचल या क्रान्ति नै ल्याइदिएका थिए ।

महावैज्ञानिक अल्वर्ट आइन्स्टाईनले, आचार्य बसुको आश्चर्यजनक अनुसन्धानसँग मुग्ध भएर भनेका थिए, जगदीश बसुले जुन अमूल्य र गौरवशाली उपहार संसारलाई दिएका छन्, जसका लागि बिजय स्तम्भ स्थापित गर्नु उचित हुन्छ । प्रसिद्ध नाटककार जर्ज बर्नाड शा, लेखक रोम्याँ रोलाँले समेत आचार्य बसुले गरेका कामप्रति प्रशंसा व्यक्त गरेका थिए । बोटबिरुवाहरुबारे रहस्य खुल्दै जाने क्रममा न्यूयोर्कका बैक्सटर नामक व्यक्तिले अरु नयाँ कुरा पत्ता लगाएका थिए । बैक्सटरले पोलिग्राफ (झुठो पत्ता लगाउने) यन्त्रको आविष्कार गरेका थिए । पोलिग्राफ यन्त्र प्रयोगबाट बोटबिरुवाले तुरुन्तै गर्ने प्रतिक्रिया समेत पत्ता लगाएका थिए ।

बैक्सटर एकदिन दाह्री काट्तै थिए, तर ब्लेडले मुखको छाला पनि ताछिदियो । उनको प्रोलिग्राफ यन्त्र र बोटबिरुवा पनि नजिकै थिए । ब्लेडले बैक्सटरको मुखको छाता ताछिँदा बैक्सटर पीडाले चिच्याए । बोटबिरुवाले आफना मालिकलाई पीडा भएको महशुस गरे र तुरुन्त तिखो प्रतिक्रिया गरे । बोटबिरुवाको त्यस्तो प्रतिक्रिया पोलिग्राफ यन्त्रले प्रकट गरेको थियो । त्यसले मानिसलाई समेत परेको पीडाको महशुस बोटबिरुवाले गरिहाल्छन् भन्ने पत्ता लागेको थियो ।

बोटबिरुवाले को मानिस बोटबिरुवालाई माया गर्छन् र कसले हानी पुर्याउँछन् ? भनेर पनि महशुस गर्न सक्छन् । यदि कोही मानिस बोटबिरुवालाई काटिरहछन्, ताछिरहन्छन् या चोट पुर्याई रहन्छन् त्यस्ता मानिस बोटबिरुवाको नजिक आइपुग्दा बोटबिरुवाहरु डराउँछन् । तर, जो बोटबिरुवालाई माया गर्दछन् उनीहरुप्रति बोटबिरुवाहरु खुशी हुन्छन् । बैक्सटरले यी कुरा पनि पत्ता लगाएका थिए । बोटबिरुवाहरुले आफू वरिपरिको गतिबिधि राम्रोसँग महशुस गर्दछन् । बोटबिरुवाहरुले मानिसहरु या अरु कुरा चिन्न सक्छन् र याद पनि गर्न सक्दछन् । बोटबिरुवाहरुले आफ्नो पालनकर्ता, घरका मान्छे, फूललाई माया, स्याहार गर्ने र पानी दिने, हेला गर्ने, सबैलाई चिन्दछ । बोटबिरुवाहरुले आफ्ना पालनकर्तालाई माया गर्दछन् र भावानात्मक सम्बन्ध राख्दछन् ।

बैक्सटरले एक यस्तो भयानक प्रयोग गरे, तर मजाकका लागि । उनले सलाईको काँटी जलाएर बोटबिरुवातिर अघि बढे तर बोटबिरुवाले केही प्रतिक्रिया देखाएनन्, नजिकैको पोलिग्राफ यन्त्र चुपचाप बस्यो किनभने बोटबिरुवाले मानिसहरुको मानसिकता समेत महशुस गर्न सक्दछ । बोटबिरुवामा पनि अति सूक्ष्म ज्ञानेन्द्रीयहरु हुन्छन् । बोटबिरुवाले साँचो झुठो पनि पत्ता लगाउन सक्छन् । को मानिस साँचो बोल्छन् र को झुठो बोल्छन् ? पत्ता लगाउन सक्छन् । यस्तो कुरा रुसका प्रख्यात मनोवैज्ञानिक बी.एन. पुश्किनले पत्ता लगाएका थिए । बोटबिरुवाहरु संगीतप्रेमी पनि हुन्छन् । जुन बोटबिरुवाहरुको नजिक संगीत बजिरहन्छ ती बोटबिरुवाहरु चाँडै बढ्दछन् र स्वस्थ रहन्छन् । यदि धानखेती नजिक संगीत बजिरहन्छ भने त्यहाँ धान धेरै नै फल्दछन् । सुप्रसिद्ध वैज्ञानिक रैटेल लेकले एक यस्तो प्रयोग गरेकि, उनले बोटबिरुवा नजिक रक संगीत बजाए । रक संगीत सुन्ने कतिपय बोटबिरुवाका हाँगाहरु लामा लामा भएर बढे कतिपयका निकै छोटा–छोटा । रक संगीत मन पराउने बोटबिरुवाका हाँगा लामा लामा भएर बढे ।

अपारदर्शी क्यारी र पारदर्शी क्यारीमा रोपिएका बोटबिरुवाहरुमा फरकपन देख्न सकिन्छ । पारदर्शी क्यारीमा रोपिएका बोटबिरुवाहरुलाई पानी नदिए पनि अरु बोटबिरुवा जस्तै बढ्न र स्वस्थ रहन सक्छन् भन्ने पनि पत्ता लागेका छन् । यस्तो अनुसन्धान रुसका वैज्ञानिकहरुले गरेका थिए । धेरै दिनपछि घर फर्कँदा फूलहरु मुर्झाएका देखिन्छन्, तर पानी नदिए पनि र स्याहार नगरेपनि फूलहरु पुनः जाग्रित र राम्रो देखिँदै आउँछन् । किनकि घरमा मालिक आएका छन् र अब हामीलाई पानी दिन्छन्, स्याहार गर्छन् भन्ने आश गरेका हुन्छन् । तर, पानी नदिनुस् त अनि कति चाँडै फूलहरु ओइलाउने मात्र नभई मरि नै जान्छन् ।

तर, के फूल टिप्दा बोटबिरुवाहरु डराउँछन् । उक्त अध्ययनहरुबाट के भन्न सक्छौं भने यदि राम्रो कामका लागि जस्तै पूजा, सजावट या स्वागत सत्कारका लागि बोटबिरुवाबाट फूल टिपिन्छ भने फूलका बोटबिरुवाहरु डराउँदैनन् बरु रमाउँछन् । किनकि फूलहरुको उपयोग राम्रा कामका लागि हुँदैछन् भनेर फूलका बोटबिरुवाहरुले महशुस गर्दछन् । फेरि फूलहरु उसै पनि केही दिनपछि ओहिलाएर आफै बोटबाट झरेर नष्ट हुन्छन् । यस्ता कुरा फूलहरु अर्थात् बोटबिरुवाहरुलाई पनि थाह हुन्छ ।

(पुस्तकहरु अध्ययनबाट)

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here