नेपाल जेसीजको अध्यक्षमा विकास, झापाबाट एक कार्यकारिणी उपाध्यक्ष र तीन उपाध्यक्ष निर्वाचित

0
245

बिर्तामोड ।

नेपाल जेसीज सन् २०२३ को अध्यक्षमा विकास मानन्धर निर्वाचित भएका छन् । मानन्धर लामो समयदेखि जेसीज अभियानमा छन् ।

सन् २०१८ मा राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष बनेको मान्धनरले त्यसपछि लगातार अध्यक्षको बलियो दाबेदारको रुपमा आफूलाई उभ्याउँदै आएका छन् ।

विरगञ्जमा सम्पन्न जेसीजको ४९औं राष्ट्रिय महाधिवेशनबाट मानन्धर अक्षमा निर्वाचित भएका हुन् । जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा रजनी थापा, जीवन कार्की, कुमारसिंह साँवा लिम्बू र रश्मी बस्नेत निर्वाचित भएका छन् । लिम्बू सतासीधाम जेसीजका पूर्व अध्यक्ष हुन् । जेसीजको महासचिवमा अमिश ढकाल, कोषाध्यक्षमा मोहन डाँगी र कानूनी सल्लाहकारमा अशोक कोइरालालाई अध्यक्ष मानन्धरले चयन गरेका छन् ।

नेपाल जेसीजको १२ राष्ट्रिय उपाध्यक्षमा झापाका तीन जना निर्वाचित भएका छन् । नेपाल पत्रकार महासंघ झापाकी कार्यसमिति सदस्य तथा वीरता लेडी जेसीज सन् २०२१ की अध्यक्ष स्वस्तिका आचार्य जेसीजको राष्ट्रिय उपाध्यक्षमा निर्वाचित भएकी छिन् ।

त्यस्तै अर्जुनधारा जेसीजका जेसीज २०२२ का अध्यक्ष भीमकुमार कुँवर (राजु) र चारआली जेसीज सन् २०२२ का अध्यक्ष वीरबहादुर बेघा (बिरु) राष्ट्रिय उपाध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै अन्य राष्ट्रिय उपाध्यक्षहरुमा राधिकार भुषाल, राजाराम गौतम, गुरुदेव पौडेल, चन्द्रमणि भुषाल, चिरञ्जीवी गौतम, अनुप सुनुवार, सोनी श्रेष्ठ, तेजप्रसाद उप्रेती (रमेश) र सरोज अधिकारी निर्वाचित भएका छन् ।

जेसीजमा निर्वाचित कार्यसमितिको कार्यकाल एक वर्षको हुन्छ । जेसीजका सदस्य एक पदमा एक कार्यकालका लागि एकपटक मात्र निर्वाचित हुने व्यवस्था छ । जेसीजका सदस्यले सोही पदमा पुनः कार्यकाल दोहोर्याउन नपाउने विधानमा व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here