‘सामुदाकिय विद्यालयको तल्लो तहमा भन्दा माथिल्लो तहमा सिकाई उपलब्धि घट्यो’

0
207

झापा, झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका सहभागीले संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयको शैक्षिक उपलब्धि कम देखिएको औंल्याएका छन् ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला कार्यसमिति झापाले आयोजना गरेको ‘शैक्षिक गुणस्तर अभिवृद्धिमा सरोकारबालाहरुको भूमिका’ विषयक कार्यक्रमका सहभागीले सामुदाकिय विद्यालयको तल्लो तहमा भन्दा माथिल्लो तहमा सिकाई उपलब्धि समेत घट्दै गएको बताएका हुन् ।
स्थानीय निकायले शिक्षा क्षेत्रमा वजेट न्यून छुट्याउनु, वाल विकासको व्यवस्थापनमा स्थानीय निकायले ध्यान नदिनु, राजनीतिक दलका जिम्वेवार पदमा शिक्षक रहनु, सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको दैनिक उपस्थितिको लेखाजोखा नहुँनु तथा शिक्षकमा नयाँ नयाँ ज्ञान र सीप सहित प्रविधि मैत्री बन्न नसक्नुले पनि सामुदायिक विद्यालयको सिकाई उपलब्धि अपेक्षा गरिए अनुसार हुन नसकेको औंल्याइएको छ ।
प्रतिनिधि सभा सदस्य के आर खम्बूको प्रमुख आतिथ्य तथा शिक्षाका लागि राष्ट्रिय अभियान नेपााल झापाका अध्यक्ष अर्जुन कुमार पाठकको अध्यक्षतामा कार्यक्रम भएको थियो । विराट सामुदायिक अध्ययन केन्द्रको समेत सहकार्यमा भएको कार्यक्रममा मोहन प्रसाद ओली, युवराज पाण्डे र टंक सेढाईले काार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
विराट सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष मोहन शिवाकोटीले स्वागत गरेको कार्यक्रममा जिल्ला समन्वय समिति झापाकी उपप्रमुख शान्ता रोक्का, मेची क्याम्पसकाा पूर्व क्याम्पस प्रमुख उमानाथ ओली, सहित झापाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम भएको थियो । कार्यक्रमको सञ्चालन रुद्र सिटौलाले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here