सरकारको मुख्य एजेण्डा आर्थिक विकास : प्रधानमन्त्री दाहाल

0
523

काठमाडौँ,

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको मुख्य एजेण्डा नै आर्थिक विकास रहेको बताउनुभएको छ ।

ललितपुरको खुमलटारस्थित दाहाल निवासमा आज उद्योग वाणिज्य सङ्घ चितवनका पदाधिकारीले गरेको भेटघाटका क्रममा प्रधानमन्त्री दाहालले कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रको विकास गर्दै समग्रमा मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउने योजना सरकारको रहेको जानकारी गराउनुभयो ।

सो क्रमममा व्यवसायीले देशको आर्थिकमन्दीलाई सुधार गर्नुपर्नेतर्फ प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको सङ्घका अध्यक्ष चुननारायण श्रेष्ठले जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहालसामु चितवनको नारायणगढ बजार क्षेत्रमा हालै सडक विस्तारका क्रममा घर भत्काइएको विषयका साथै चितवनको कृषि, पर्यटन, स्वास्थ्य, शिक्षाको विकासमा पनि गम्भीर ध्यानाकर्षण गराएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रधानमन्त्रीसँगको भेटमा सङ्घका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ र सदस्य राजन पियाको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here