मकै सुपरजोन दाङमा यान्त्रिकीकरण बढ्यो

0
202

भालुवाङ,

दाङ कृषि उत्पादनका लागि राम्रो जिल्लाका रुपमा परिचित छ । खासगरी उपल्लो दाङमा धानबाली र तल्लो देउखुरीमा मकै उत्पादन राम्रो हुन्छ । यस क्षेत्रको हावापानी र माटो मकै खेतीका लागि उपयुक्त भन्दै सरकारले कृषि उत्पादनमध्ये देउखुरीलाई मकै उत्पादन हुने पकेट क्षेत्र भनेर घोषणासमेत गरिसकेको छ ।

परियोजनाले कृषि उत्पादन र उत्पादकत्व बढाउन आवश्यक प्रविधि तथा उत्पादन सामग्रीको व्यवस्था गरेको छ भने बाली र वस्तु उत्पादनमा यान्त्रिकीकरण, तथा बजारीकरणका लागि आवश्यक पूर्वाधारको पनि व्यवस्था गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकै सुपरजोन दाङले सात वर्षदेखि यान्त्रिकीकरणको प्रयोग बढाएको हो ।

कार्यालयले यहाँका किसानको आर्थिकस्तर उकास्न, परम्परागत कृषि प्रणालीलाई परिमार्जित गर्दै आधुनिक प्रणालीमा लैजानका लागि सुपरजोन सञ्चालक समितिको गठनसमेत गरेको छ । साथै, कृषक समूह सहकारी र उद्यमीलाई एक ढिक्का बनाइ परियोजनाले मकै खेतीमा यन्त्रिकीकरणको प्रयोग बढाएको छ ।

सुरुमा कूल २८ वटा कृषक समूह, सहकारी र संस्थाका १९ हजार दुई जना कृषकलाई आबद्ध गराई नौ सय ७२ हेक्टर जमिनमा यो कार्यक्रम सुरु भएको थियो ।

यद्यपि हाल एक सय २६ वटा कृषक संस्थाका करिब छ हजार पाँच सय कृषकले तीन हजार एक सय हेक्टर क्षेत्रफलमा यो कार्यक्रम सञ्चालन भइरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकै सुपरजोन दाङका कार्यालय प्रमुख महेश रेग्मीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here