पथरीशनिश्चरे,
बेलबारी नगरपालिकाका कार्यपालिका सदस्य विजय तोलांगी एक स्टाफ नर्सलाई करणी गरेको अभियोगमा जेल चलान भएका छन्।
मोरङको बेलबारी नगरपालिकाका कार्यपालिका सदस्य पुर्पक्षका लागि जेल चलान भएका हुन् । २४ वर्षीय एक स्टाफ नर्सलाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राऊ परेका बेलबारी–२ का २६ वर्षीय विजय तोलाङ्गी बिहीबार पुर्पक्षका लागि जेल चलान भएका हुन् ।
मोरङ अदालतका न्यायाधीश मोहन सुवेदीको इजलाशले तोलाङ्गीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो। मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार अदालतको आदेशपछि पुर्पक्षका लागि तोलाङ्गी मोरङ कारागार चलान भएका छन् ।
तोलाङ्गी नेपाली काङ्ग्रेसबाट कार्यपालिका सदस्यमा निर्वाचित भएका थिए । ति २४ वर्षीय नर्सले मोरङको जेफालेमा लागेर आफुलाई साउन १८ गते बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय बेलबारीमा ‘जबरजस्ती करणी मुद्दा’ मा उजुरीमा दिएकी थिइन् ।
उजुरी दिएपछि फरार भएका तोलाङ्गी कानून व्यवसायीसँग कानूनी सल्लाह लिएपछि २६ मङ्सिरमा इप्रका बेलबारीमा आफैँ हाजिर भएका थिए । प्रहरीले अनुसन्धान पूरा गरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकीलको कार्यालयमा बुझाएपछि बुधबार मोरङ अदालतमा अभियोग दायर भएको थियो ।