शान्ति सामुदायिक वनको २४औं वार्षिक साधारण सभा सम्पन्न

0
275

अर्जुनधारा, झापाको अर्जुनधारा–२स्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहको २४औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।
समूहका अध्यक्ष तुलसीप्रसाद खतिवडाको अध्यक्षतामा आयोजित उक्त सभाको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् ।
सभामा समूहका अध्यक्ष खतिवडाले संस्थाको गत आर्थिक वर्ष ०७८÷०७९को वार्षिक प्रगति प्रतिवेदन र लेखा समितिका संयोजक रुपनारायण समालले आन्तरिक लेखा परीक्षणको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाले गत आर्थिक वर्षमा वन संरक्षणका लागि विभिन्न कार्यक्रमहरुसँगै विपन्न १२ जना उपभोक्तालाई काठ उपलब्ध गराएको, एक सय ५० थान सिलिण्डर ग्यास उपलब्ध गराएको, समूहको घाटगद्दीको दक्षिण भागमा पर्खाल निर्माण तथा पक्की शौचालय निर्माण, वडासँगको साझेदारीमा अर्जुनधारा–२स्थित वडा समितिको कार्यालय परिसरमा ज्येष्ठ नागरिक चौतारी निर्माण, कुलो पैनी तथा विद्युत विस्तारलगायत कार्यहरु गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसैगरी अङग्रेजी माध्यमबाट पठनपाठनमा सहज बनाउन स्थानीय नवज्योति र सरस्वती प्राथमिक विद्यालयलाई एक लाख रुपैयाँ अनुदान, गाँजाबारी खानेपानीलाई दुई लाख रुपैयाँ, नेपाल रेडक्रस सोसाईटी खुदुनावारी शाखालाई एक लाख रुपैयाँ, विभिन्न धार्मिक मठ मन्दिर, संघ–संस्था र खेलकुद प्रतियोगिताहरुलाई आर्थिक सहयोग, हात्ती पीडित उपभोक्ताहरुलाई नगदसहित काठ उपलब्ध गराएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यस्तै चालु आर्थिक वर्ष ०७९÷०८०को लागि अनुमानित ८५ लाख ४४ हजार तीन सय ४१ रुपैयाँ ८३ पैसा बराबरको बजेट, नीति तथा कार्यक्रम सभामा पेस गरिएको थियो । उक्त बजेटमध्ये वन विकासतर्फ १८ लाख ५७ हजार रुपैयाँ, गरिवी न्यूनिकरणतर्फ २७ लाख ८४ हजार नौ सय ४४ रुपैयाँ, सामुदायिक विकासतर्फ तीन लाख २९ हजार तीन सय ३१ रुपैयाँ ८३ पैसा, प्रशासनिक खर्चतर्फ २० लाख ३७ हजार आठ सय रुपैयाँ, संकलन खर्चतर्फ आठ लाख छ सय ३७ रुपैयाँ र विविधतर्फ छ लाख ३७ हजार छ सय २९ रुपैयाँ विनियोजन गरिएको छ ।
सोही सभामा ज्येष्ठ उपभोक्ताहरु रत्नबहादुर समाल, बुद्धीमाया सार्की, भीमबहादुर समाल मगर, भानुभक्त गौतम, माधवप्रसाद तिम्सिना, लक्ष्मीनारायण भण्डारी, नैनकला ओझा, देवीप्रसाद बुढाथोकी, भद्रमाया खनाल, लीलामाया कुमाल, प्रेमलाल श्रेष्ठ र लाक्पा शेर्पालाई नगदसहित बर्की ओढाई सम्मानित गरिएको थियो ।
सभामा वडाध्यक्ष नरेन्द्रकुमार श्रेष्ठ, सुरुङ्गा सब डिभिजन कार्यालयका रेञ्जर सुरेश खनाल, नगर सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष दिव्य कट्टेल, नेकपा एमाले वडा अध्यक्ष राधाकृष्ण खनाल, नेपाली काँग्रेस वडा सभापति रमेश फूँयेल, बेलटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र आचार्य, नेपाल रेडक्रस सोसाईटी खुदुनावारी शाखाका अध्यक्ष मुकुन्द भण्डारी, पूर्व जनप्रतिनिधि राजेन्द्र वाग्लेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सोही सभाको बन्दसत्रबाट प्रस्तुत प्रतिवेदनहरु अनुमोदननसहित संस्थालाई आवश्यक आर्थिक कार्यविधि, कर्मचारी सम्बन्धी कार्यविधि र घाटगद्दी व्यवस्थापन कार्यविधि बनाउने निर्णय भएको अध्यक्ष खतिवडाले जानकारी दिए । समूहकी उपाध्यक्ष मनकुमारी सञ्जेलले स्वागत गरेको उक्त सभाको सञ्चालन सहसचिव प्रेम उपरकोटीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here