दन्त चिकित्सकहरुलाई एक दिवसिय प्रशिक्षण

0
335

झापा, नेपाल डेन्टल एशोसिएसन झापाले बिर्तामोडमा ‘इमरजेन्सी मेनेजमेन्ट ड्यूरिङ डेन्टल ट्रिटमेन्ट एण्ड कमन ओरल लाइसन’ विषयक एक दिवसिय प्रशिक्षण सम्पन्न गरेको छ । 
झापा सहित पूर्बका विभिन्न जिल्लामा कार्यरत ६० जना भन्दा बढी डेन्टल चिकित्सकहरु सो प्रक्षिणमा सहभागी बनेका थिए । बिर्तामोडस्थित सिपी होटलमा सोमवार आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा दन्त उपचारका क्रममा आइपर्ने आपतकालीन अबस्थाको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा जनाकारी गराइएको थियो । सो कार्यक्रममा डा. रेखा यादव र डा साहिद अलीले प्रतिक्षण प्रदान गरेका थिए ।
नेपाल डेन्टल एशोसिएसन झापाका अध्यक्ष दिपक झा को अध्यक्षतामा भएको कार्यक्रममा डा. रोमी वुढाथोकी वस्नेत ,डा शुवास कटुवाल, डा.हेरम्भ झा, डा. राकेश रञ्जन यादव, डा. गौतम राजवंशी लगायतको आतिथ्य रहेको थियो ।
नेपाल डेन्टल एशोसिएसन झापाका महासचिव डा. मुके साहले संयोजन गरेको कार्यक्रममा झापा सहित इलाम, पाँचथर, ताप्लेजुङ र मोरङमा समेत कार्यरत दन्त चिकित्सकहरु सहभागी भएका थिए ।
कार्यक्रमको सञ्चालन डा.शिला भण्डारीले गरेकी थिइन् । सो अवसरमा कार्यक्रममा प्रक्षिण प्रदान गर्ने डा. द्वयलाई सम्मान गरिएको थियो भने सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

(फोटो फिचर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here