२७ लाख बढीको सामान बरामद

0
187

पथरीशनिश्चरे,

एक हप्ताको अवधिमा प्रहरीले भारतबाट भन्सार छली चोरी पैठारी गरेको सामान बरामद गरेको छ।

प्रहरीले भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको खाध्यान्न, लत्ताकपडा, मोटरपार्टस, ग्याँस चुलोको बर्नरहरू लगायतका सामान तथा नेपालबाट भारततर्फ लाँदै गरेको चौपाया समेत गरी करिब २७ लाख ९२ हजार छ सय ८३ रूपैयाँ बराबरको सामान तथा चौपाया बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयहरूले मोरङका विभिन्न स्थानमा भारतबाट नेपालतर्फ भन्सार छली गरी ल्याएका सामानहरु बरामद गरेको जनाएको छ ।

बरामद गरिएका सामान तथा चौपाया सहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय विराटनगरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here