दमकबाट लागूऔषधसहित दुई जना पक्राउ

0
283

झापा।

झापाको दमक नगरपालिका–१ र ९ बाट प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा फाकफोकथुम गाँउपालिका– ४ इलाम घर भई हाल दमक –१ कुमाल चोक बस्ने ३९ बर्षीय धनराज आले र दमक – ९ की २३ बर्षीया अनिशा कार्की रहेका छन् ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मे ७ प ५१०७ नम्बरको मोटरसाईकल चालक आलेलाई चेकजाँच गर्दा उनको साथबाट ८ सय मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो ।

त्यस्तै दमक–९ चिया दोकानमा बसिहेको अवस्थामा २६ बर्षीय कार्कीलाई चेकजाँच गर्दा कार्कीको साथबाट २ ग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो । पक्राउ गरेका दुबै जनाको ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here