लफ्याङका ज्येष्ठ नागरिकलाई जाडो छल्न फाइबरको सिरक

२१ पुष २०७९, बिहीबार मा प्रकाशित

खोटाङ,

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ८२ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सिरक उपलब्ध गराइएको छ ।

महिलासँग उपप्रमुख कार्यक्रम अन्तरगत लफ्याङका ५० वृद्धवृद्धालाई बुधबार जाडोमा ओढ्ने फाइबरको सिरक उपलब्ध गराइएको हो ।

जिल्लामा अत्यधिक चिसो बढेकाले जाडो छल्न वृद्धवृद्धालाई फाइबरको सिरक प्रदान गरिएको महिला तथा बालबालिका शाखा प्रमुख इरन राईले बताउनुभयो ।

महिलासँग उपप्रमुख कार्यक्रमअन्तर्गत रु एक लाख ५० हजार बराबरको सिरक प्रदान गरिएको नगरपालिकाको महिला तथा बालबालिका शाखाले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here