प्रधानमन्त्रीद्वारा अग्नि पाण्डेसँग भेट

0
254

काठमाडौँ, 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापाका अग्नि पाण्डेसँग भेट गर्नुभएको छ । कम्बोडियाको ग्राण्ड डायमण्डसिटी क्यासिनोमा भएको आगलागीमा परी गत बिहीबार राति पाण्डेका छोरा निराकारको निधन भएको थियो ।

प्रधानमन्त्रीले आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइ अग्निसँग भेट गर्नुभएको हो । प्रधानमन्त्रीसँगको भेटमा अग्निले छोराको अप्रत्यासित निधनले आफूहरू स्तब्ध भएको जनाउँदै सरकारले देखाएको चासो एवं जिम्मेवारीवोधप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले निराकारको निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले निराकारको शव स्वदेश ल्याउन र परिवारलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै धैर्यधारण गर्न आग्रह गर्नुभएको प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

सो अवसरमा उपप्रधानमन्त्रीत्रय विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र सरकारका मुख्यसचिव शङ्करदास वैरागीलगायतको उपस्थिति थियो । प्रधानमन्त्री प्रचण्डले यसअघि नै मुख्यसचिवमार्फत निराकारको शव स्वदेश ल्याउने प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसक्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here