पथरीशनिश्चरे,
मोरङको सुन्दर हरैंचा नगरपालिकाका मेयर केदार प्रसाद गुरागाईले आफुलाई नगरवासीले अपरान्ह २ बजेपछि मात्र भेट्न सक्ने समय तोकिए पछि अगुवा युवाहरुले विरोध जनाएका छन्।
दिनको २ बजे पछि समय निर्धारण गरेपछि सुन्दरहरैचाका अगुवा युवाहरु आन्दोलित भएका हुन्।
अगुवा युवाहरु प्रबिण घिमिरे, जय प्रकाश रायमाझी, सुवास भण्डारी , समिर जङ रायमाझी, केदार खडका लगायतले नगरपालिकका मेयर केदार प्रसाद गुरागाईलाई सुझाव दिन नगरपालिका पुगेका थिए।
उनीहरुले ‘नगर प्रमुखलाई भेट्ने समय २ बजे पछि मात्र’ भनी टाॅसिएको सूचना च्यातेर ‘नगरप्रमुखलाई कार्यलयमा भेट्ने समय बिहान १० बजे देखि बेलुका ४ बजे सम्म’ र नगर प्रमुखको फोन नं सहित लेखिएको सूचना टाॅस गरेर जनताको सेवामा समर्पित रहन भन्दै नगर प्रमुख केदार प्रसाद गुरागाईलाई युवाहरुले अनुरोध पनि गरेका थिए ।