स्वस्तिकाका एनसीसी क्याडेटहरुले चार उपाधी ल्याउन सफल

0
165

झापा ।

स्वस्तिका शिशु सदनबाट सहभागि एनसीसीका क्याडेटहरुलाई विद्यालयका फाउण्डर इश्वरा श्रेष्ठले सिकेको ज्ञानलाई व्यवहारमा उतार्न अनुरोध गरेकी छिन् ।

दीक्षान्तपछि विद्यालयमा उपस्थित भएका ३६ जना क्याडेटहरुलाई फाउण्डर श्रेष्ठले अविर, फुलमाला र खादा पहिर्याउँदै स्वस्तिकाको इज्जत तपाई विद्यार्थीहरुको हातमा भएको हुँदा गाउँ समाजमा कुशल व्यवहार गर्दै अध्ययन अध्यापनलाई अगाडि बढाउन आग्रह गरिन् ।

करिब ७५ दिन विद्यालयमा तालिम गरि राष्ट्रिय सेवा दल पूर्वी तालिम केन्द्र मोरङको याङशिलामा १६ दिन कठोर तालिमपछि क्याडेटहरु शुक्रबार विद्यालय प्रवेश गरेका थिए ।

विद्यालयमा विद्यार्थीहरुलाई शुभकामनासँगै उपस्थित अभिभावकहरुले स्वागत गरेका थिए । १६ दिने तालिममा स्वस्तिकाका क्याडेटहरुले ५ उपाधीमध्ये ४ उपाधि ल्याउन सफल भएका थिए ।

भलिबल, फुटबल, नृत्य र वेष्ट प्लाटुन गरी ४ उपाधी ल्याउन सफल एनसीसी क्याडेटहरुलाई राष्ट्रिय सेवा दलका महानिर्देशक सुरेशकुमार कार्की र मध्य पृतनाका पृतनापति उपरथी होमनाथ दवाडीले ट्रफि, प्रमाणपत्र र वेष्ट प्लाटुनको उपाधी प्रदान गरेका थिए ।

तालिम केन्द्रमा भएको कार्यक्रममा १० जिल्लाका १५ विद्यालयको ५४० एनसीसी क्याडेटहरुको उपस्थिति रहेको थियो । क्याडेटहरुलाई तालिम शिक्षालयका कर्णेल बिमल केसीले सैनिक सपथ गराएका थिए भने क्याडेटहरुलाई कालिका गणका कर्णेल रमेश गुरुङले दर्जानी चिन्ह प्रदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here