गोमन्द्र महाविद्यालयमा अब एमबीए र एमसीएका कक्षा सञ्चालन

0
96

झापा, झापाको बिर्तामोड ४ मा रहेको गोमेन्द्र बहुमुखी महाविद्यालयले झापा सहति पूर्वी पहाडी जिल्लामा पहिलो पटक एमबीए र एमसीएका कक्षा सञ्चालन गर्ने भएको छ ।

२०५३ सालमा स्थापित गोमेन्द्रले शुरुका वर्ष उच्च माध्यमिक शिक्षा परिषद्बाट स्वीकृति लिई कक्षा ११ र १२ सञ्चालन गर्दै आएको र पत्रकारिता र कम्प्यूटर विज्ञानका कक्षा साविकको पूर्वाञ्चल विकास क्षेत्रमै पहिलो पटक शुरु गरेको थियो । महाविद्यालयले यो शैक्षिक सत्रबाट एमबीए र एमसीएका कक्षा सञ्चालन गर्न लागेको हो ।

महाविद्यालयले २०५६ सालबाट नै विज्ञान तथाा प्रविधि संकाय तर्फ बीसीए र २०६२२ सालबाट व्यवस्थापन संकाय तर्फ बीबीएको पठन पाठन गराउँदै आएको छ ।

कम शुल्कमा महाविद्यालयले साविकको मेची अञ्चलमा नै स्नाकोत्तर तहको कक्षा सञ्चालन गर्न लागेको शनिवार पत्रकार सम्मेलनको आयोजना गरी महाविद्यालयका प्राचार्य डा रुपक खनालले बताए । उनले भने – हामीले सञ्चालन गर्न लागेको यि दुई विषय झापाा सहित मेची अञ्चलका लागि नै पहिलो हुन् ।

पूर्वाञ्चल विश्व विद्यालयबाट सम्वन्धन प्राप्त यस महाविद्यालयले एक शैक्षिाक सत्रका लागि विधागत रुपमा ३३ जना विद्यार्थी अध्ययन गराउने डा खनालले बताए । स्नाकोत्तर तहका लागि विभागीय प्रमुखमा प्रा.डा. पृथ्बी राईको नेतृत्व रहने बताइएको छ ।

त्यस्तै एमवीए तर्फ विमल राजवंशी र एमसीए तर्फ सुनिल शर्मा को संयोजकत्वमा कक्षा सञ्चालन हुने छन् ।

महाविद्यालयमा पीएचडी तथा एमफिल गरेका प्राध्यपकहरुले अध्ययन अध्यापन गराउने बताइएको छ ।

पत्रकार सम्मेलनमा महाविद्यालयका संस्थापक गणेश प्रसाद खनाल, वुध खनाल , सह प्राचार्य शरु खनाल, महाविद्यालयका शिक्षक शेखर पाण्डे लगायतको आतिथ्य रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here