[नरेन्द्र ढकाल]
नजानी कसैले गल्ती गर्छ भने उसले माफि पाउनुपर्छ तर जानी–जानी गल्ती गर्छभने उसले कहिल्यै माफि पाँउदैन् र पाउनुपनि हुदैन् । कुरा हो उही जनताले धेरै वर्षदेखि प्रतिक्षा गरिरहेको नयाँ संविधानको । ७ वर्ष बितिसक्यो संविधान भन्दाभन्दै माघ ८ आउनै लाग्यो जनताले दिन गन्दागन्दै यो कुरा बुझेर पनि एक अर्काले गर्दा संविधान बन्न नसकेको भन्दै फेरी जनताको आँखामा छारोहाल्ने काम राजनीतिक दलहरुले गर्न थालेका छन् ।
चार वर्षसम्ममा पनि संविधान निर्माण गर्न नसकेपछि पहिलो संविधानसभा भंग गरेर पुन जनताको नयाँ जनमत लिएर दोस्रो पटक समयमा नै संविधान बनाउने बाचा गरेका राजनीतिकदलहरुले आफुले बाचा गरेको कुनै पनि बाचा पुरा गर्न सकेका छैनन् । केबल हुनीहरु प्रधानमन्त्री र विभिन्न मन्त्रि तथा आफ्न्तलाई सरकारी जागिरे बनाउन बाहेक जनताको पक्षमा कुनै काम गर्न सकेका छैनन् । गाँउ–गाँउ पुगेर आफ्नो घोषण पत्र अनुसार नै काम गर्ने बताएपनि कुनै राजनीतिकदलले त्यसलाई पलना गर्न सकेनन् भने मिलेर संविधान निर्माण गर्न समेत एक जुट भएनन् ।
वि.स २०७० साल मंसिर ४ गते तत्कालिन प्रधानमन्त्री खिलाराज रेग्मीले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराए । त्यसबेला एकिकृत माओवादीले आफ्नो बहुमत आउने सोचेको भएपनि नतिजा ठिक उल्टो आउँदा उ त्यस बेला नै अतालिएको थियो । मत गणना चलिरहेकै बेला बहिस्कार गर्ने सम्मको निर्णय गर्दै आफ्नो हैसियता देखिएको थियो । त्यस बेला नै जनता अब पनि तोकिएको समयमा संविधान बन्दैन भन्ने कुरामा विश्वस्त थिए ।
तर पनि गल्ती नदोहेर्याउने बाचा गरेका दलहरुले समयमा नै संविधान बनाउछन् की भन्ने झिनो आशा भने जिवितै राखेका थिए । तर समय बित्दै गयो नेताहरुको स्वभाव र निर्णयमा भने कुनै परिर्वतन देखिएन् तर उनीहरुले पहिलो संविधानसभामा जस्तै निरर्थक बैठकलाई तिब्रता दिए । मिडिया समक्ष सहमति नजिक पुग्ने सम्भवन बढ्यो, अबको केहि दिनमा नै दलहरु बीच सहमति हुनेमा विश्वस्त लगायतका भ्रमक प्रचारबाजी गर्नहरु पछि परेनन् । त्यसकै पछाडी दौडिरहेका मिडियाहरुले समेत दलहरुको सहमति र संविधानको विषयलाई आफ्ना समाचारमा स्थान दिए तर मिडियाले ठोस समहति भएको हो कि होइन भन्ने विषयको हेक्का नै राख्न सकेनन् ।
अन्तत दलहरु बीच सहमति नहुने कुराको छनक पाएपछि नेपाल पत्रकार महासघले देशैभर दबाब मूलक कार्यक्रमको आयोजना गर्यो । महासंघले आफैले गरेको बाचा सम्झाउदै निर्धारित मिति २०७१ माघ ८ गते नै संविधान जारी गर्न आग्रह गरयो । तर उक्त दबाबले पनि राजनीतिक दलहरुलाई कुनै दबाब सिर्जना गरेको पाइएन् । दलहरु सहमतिको रटान रट्न अझै पनि छाडेका छैनन् । आफ्नो स्वार्थ अनुसार मोजमस्ती गर्न पल्किएका यि दलालहरुलाई अब जनताले कुन सजाय दिने हुन् भन्ने निर्णय गर्न बांकी रहेको छ ।
माघ ८ मा संविधान बन्न नसक्नुमा नेताहरु मात्र होइन जनता पनि दोषि देखिन्छन् । किन कि नेताहरुले गरेको बाचा अनुसार काम नगरेपनि देशैभर दबाब मुलक कार्यक्रम सुरु गर्नुपर्थ्यो तर जनता कानमा तेल हालेर बसे । गुरुप्रसाद मैनालीको नासो कथा संग्रहमा संग्रहित सहिद कथामा कथाका पात्र वीरबाहदुरलाई मुख्य पात्र देवताबाबुले भनेका शब्द अझैपनि सान्र्दभिक लाग्छ– स्वास्नी छोराछोरीको पुकार भन्दा आमाको पुकार ठूलो हो । यो काथा बढ्दा सबैले सहि भने पनि ब्यवहारमा चट्कै भूल्दा नेपाल आमा अहिले छट्पटाइ रहेकी छन् ।
जन्मेपछि जसले पनि पेट त पाल्छन् तर मानवले पेट पाल्नु मात्र ठूलो होइन् । सबैभन्दा सर्वश्रेष्ठ जाति मावन नै हो तर यो मामलामा भने नेपाली जनता भने कमजोर देखिएका छन् । देशको संविधान बनाउन गएका दलहरुले आलटाल गरिरहेका बेला जनता निरिह बनेको पाइयो । यो पङक्तियारले पनि यसै राष्ट्रिय दैनिक मार्फत पटक–पटक जनतालाई जागरुप हुन आग्रह गरेपनि जनताले कुनै चासो नदिदै नेताहरु लाई मात्र गाली गर्नुको कुनै तुक छैन् । संविधानको विषयलाई नेताहरूले बिरालोले बच्चा खेलाएजस्तै खेलाएको हेरेर बस्नुको विकल्प अब जताना सामु छैन् ।
शीर्ष नेताहरूलाई संविधानसभाकै हलमा ताला लगाई संघीयता, शासकीयस्वरूप , राज्यपुर्न संरचना, संघिता जस्ता विवादको गाँठो फुकाउन लगाउन देशभरका नागरिक राजधानी गएर घेर्नु पर्छ अब । यस अवस्थामा सुरक्षाको जिम्मा लिएका नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, विभिन्न सरकारी कर्मचारीले समेत साथ दिएमा जनताले काठमाण्डौंमा नै नेताहरुलाई समहति गराउन सक्ने छन् तर अब त्यो पनि लगभग समय सकिएको छ । नेता उही, विवाद उही भएकाले पुन निर्वाचन गराए संविधान बनाउने भन्ने कुराउठ्न सक्ला तर त्यो पनि सम्भव छैन अब जनताले संविधानसभाको निर्वाच बहिष्कार गरेर सत्ता कब्जामा लिनुको विकल्प छैन् ।