हराएका दुई बालकलाई फेला पारी परिवारको जिम्मा

0
161

छविराज ढकाल/ पथरी शनिश्चरे,

मोरङको कानेपोखरी गाउँ पालिकाका हराईरहेका दुई बालकलाई फेला पारी पथरी प्रहरीले आफन्तको जिम्मा लगाएर घर पठाएको छ।

गत पुस २२ गते ईलाका प्रहरी कार्यालय पथरीको कार्यालयमा ति दुवै जनालाई फेला पारी परिवारको जिम्मा लगाई पठाईएको हो। KIN INDIA (आफन्त ईन्डिया) मार्फत भारतको दिल्लीबाट उद्धार गरी बाल हेल्पलाइन नेपालको सहयोगमा अस्ति पुस २२ गते दुवै बालकलाई आफन्तको जिम्मा लगाई पठाईएको ईप्रका पथरीले जनाएको छ।

मोरङ्गको कानेपोखरी ०२ दलेली बस्ने राम कुमार राजवंशीको छोरा १३ बर्षे राहुल राजवंशी र अनुप चौधरीको छोरा १२वर्षे अनिल चौधरी गएको साउन ३० गतेदेखि हराई रहेका थिए। हराएका दुवै जनाको आफन्तले खोज तलासको लागि ईलाका प्रहरी कार्यालय पथरीमा खोज तलास एवं हुलिया परिपत्र दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here