कपडाको झोला बनाउँदै प्लाष्टिकको न्यूनिकरण गर्ने

२४ पुष २०७९, आईतवार मा प्रकाशित

अर्जुनधारा ।

झापाको अर्जुनधारा–१०स्थित आनन्द नगरमा सञ्चालनरत् १० दिवसीय कपडाको झोला बनाउने तालिम आइतबार सम्पन्न भएको छ ।

स्थानीयस्तरमा प्लाष्टिकको न्यूनिकरण गर्ने उद्देश्यले टेवा संस्थाको सहयोगमा स्थानीय प्रगति महिला कृषक समूहले उक्त तालिमको आयोजना गरेको संस्थाकी अध्यक्ष गान्धारी मिश्रले बताइन् ।

प्रशिक्षक मल्लिका खतिवडाले प्रशिक्षण दिएको तालिममा ३७ जनाको सहभागिता रहेको बताइएको छ । कार्यक्रममा अर्जुनधारा–१० वडा समिति कार्यालयका सचिव त्रिविक्रम पोखरेल, जलेश्वर सामुदायिक सिकाइ केन्द्रकी अध्यक्ष पुनम सुवेदी, अर्जुनधारा–१० टोल नं.१का संयोजक भीम बस्नेतलगायतले मन्तव्य राखेका थिए ।

प्लाष्टिक न्यूनिकरण सम्बन्धी चेतनामूलक गीत प्रस्तुत गरिएको उक्त कार्यक्रमको सञ्चालन सदस्य सावित्राकुमारी बाँस्कोटा मिश्रले गरेका थिए ।

सोही समूहले यही मंगलबारदेखि १५ दिवसीय योग शिविर पनि सञ्चालन गर्ने कार्यक्रम रहेको समूहकी अध्यक्ष मिश्रले जानकारी दिइन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here