हिक्मतकुमार कार्की प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त

२४ पुष २०७९, आईतवार मा प्रकाशित

झापा,  नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की प्रदेश नम्वर १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनी झापाबाट प्रदेशसभामा निर्वाचित सांसद हुन.् ।
प्रदेशसभामा रहेका नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० सांसदको समर्थनमा कार्की मुख्यमन्त्री बनेका हुन् ।
एमाले संसदीय दलका नेता रहेका कार्कीलाई माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राप्रपाका दलका नेता भक्ति सिटौला र जसपाकी नेता निर्मला लिम्बूले मुख्यमन्त्रीमा नियुक्तीका लागि समर्थन दिएका थिए ।


प्रदेशसभामा रहेका ९३ सदस्यमध्ये सरकार बनाउन ४७ सदस्य आवश्यक पर्नेमा करिब दुईतिहाई सदस्य ६० जनाको समर्थनमा कार्कीको दावी पेश भएको थियो । सोही अनुसार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
प्रदेशसभामा कुनैपनि दलको बहुमत नपुगेपछि २ वा २ भन्दा बढी दलको समर्थनमा सरकार बनाउन प्रदेश प्रमुख परर्शुराम खापुङले आइतवार ५ बजेसम्मको समय दिएका थिए । सो समय अगावै दलहरुले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दावी पेश गरेका थिए ।
मुख्यमन्त्री कार्कीको सपथ सोमवार मात्र हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । कार्कीले सोमवार नै सानो आकारको मन्त्रिमण्डल विस्तार गर्नेछन् ।
कार्की यस अघि नेकपा एमालेको सरकार छदा आन्तरिक मामिला तथा कानून मन्त्री थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here