मिडिया एक्सन नेपालद्वारा प्रेस अवार्ड स्थापना

0
274

काठमाडौँ ।

नेपालमाअभिव्यक्ति स्वतन्त्रता र सञ्चार विकासकालागिविगत आठ वर्षदेखि क्रियाशील संस्था मिडिया एक्सन नेपालले पत्रकारिता, प्रेस स्वतन्त्रता र सञ्चार शिक्षाका क्षेत्रमाकामगर्दै आएकाविभिन्न विशिष्ट व्यक्तिहरूको योगदानको कदर गर्दै तीनवटा प्रेस पुरस्कार स्थापना गरेको छ ।

‘मिडिया एक्सन नेपाल–प्रेस अवार्ड्स’ नामका यी पुरस्कार मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्कको सदस्य समेत रहेको मिडिया एक्सन नेपालले पत्रकारिता, मिडिया शिक्षातथा प्रशिक्षण, सञ्चार विकास र प्रेस अधिकारको संरक्षणका लागि सक्रियव्यक्तित्वहरूलाई सम्मानगर्न स्थापना गरेको हो ।

यी पुरस्कार हरेक वर्ष मिडिया एक्सन नेपालको स्थापनादिवस अर्थात् डिसेम्बर २१ कादिनपत्रकारिता, प्रेस स्वतन्त्रता र मिडियाशिक्षागरि तीनविधामाप्रदानगरिने छ । हरेक विधामा पुरस्कारका साथ रु. २५,००० को नगद राशि र प्रशंसापत्रपनिप्रदानगरिनेछ ।

मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तकाअनुसार यी पुरस्कार नेपालमा स्वतन्त्र र जिम्मेवार मिडियाको विकासका लागि प्रोत्साहन स्वरूप प्रदान गरिन लागेको हो ।

“स्वतन्त्रपत्रकारितामा धेरै दृश्य र अदृश्य शक्तिहरूबाट आक्रमण भइरहेको र सञ्चारमाध्यमको विश्वसनीयतामा राज्य र समाजकाविभिन्न अङ्गहरूबाट नियमितरूपमाप्रश्न उठिरहेको अवस्थामायी पुरस्कारले शक्तिलाई प्रश्न सोध्न सक्ने, समाजलाई ऐना देखाउन सक्ने र जनताप्रति जवाफदेही रहन सक्ने सशक्त र जिम्मेवार सञ्चार जगत निर्माणमा असाधारण भूमिका निर्वाह गरिरहेका मानिस र तीनको कामलाई प्रकाशमा ल्याउने हामीले विश्वास गरेका छौँ,”उहाँले भन्नुभयो ।

सन् २०२३ मा भने, पुरस्कार प्रदानको पहिलो वर्ष भएकोले, मिडिया एक्सन नेपालले तीनै विधालाई समावेश गरि एकल पुरस्कार प्रदानगर्नेछ । मिडिया एक्सन नेपालले यस वर्षको पुरस्कार वरिष्ठ अधिवक्तातथा प्रेस काउन्सिल नेपालकापूर्व अध्यक्षबोर्णबहादुर कार्कीलाई प्रदानगर्ने निर्णय गरेको छ ।

कार्की विगतलामो समयदेखि प्रेस तथाअभिव्यक्ति स्वतन्त्रताकापक्षमाआवाज उठाउँदै आइरहेका छन् । प्रेस काउन्सिलमा रहँदा र त्यसअघि र पछि पनिउनले नेपालको सञ्चार क्षेत्रलाई सुदृढ पार्न धेरै किसिमले योगदानदिएका छन् । जनवरी १० ( पुस २६ गते) मंगलबार काठमाडौंमाआयोजनाहुने एक कार्यक्रममाउहाँलाई सम्मानगरिने छ ।

सन् २०१५ मा स्थापनाभएदेखि नै मिडिया एक्सन नेपालले राष्ट्रिय–अन्तर्राष्ट्रिय संघसंस्थाहरूसँग सहकार्य गरि अनुसन्धान, संवाद, वकालत, प्रकाशनतथाअभिलेखीकरण र पत्रकारहरूको क्षमताअभिवृद्धिमार्फत स्वतन्त्र र जिम्मेवार प्रेस निर्माणमा अग्रगामीभूमिका खेल्दै आएको छ ।

देशका सातै प्रदेशमाउपस्थिति रहेको यस संस्थाले हालसम्म ५ हजारभन्दा बढी नेपालीपत्रकारहरूसँग कामगरिसकेको छ । यसले विशेषगरी मिडिया फ्रिडम कोलिसनमार्फत विश्वव्यापी रूपमा नै नेपालको मिडिया परिप्रेक्ष्य प्रस्तुतगर्दै देशको आवाज उठाउँदै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here